Latest

सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand

Image
  सामाजिक सञ्जाल आजको दिनमा केवल मनोरञ्जन वा साथीभाइसँग कुराकानी गर्ने माध्यम मात्र होइन, जीवनको विभिन्न पक्षसँग प्रत्यक्ष जोडिएको प्रविधि हो। सूचना आदानप्रदान, व्यवसाय, शिक्षा, अनुसन्धान, राजनीति र शासन प्रक्रियामा समेत यसको भूमिका दिनप्रतिदिन बढ्दो छ। यस्तो अवस्थामा सामाजिक सञ्जाल पूर्ण रूपमा बन्द गर्ने निर्णयले नेपालको समग्र संरचनामा ठूलो असर पार्छ। नेपाल जस्तो विकासशील मुलुकमा रोजगारीका अवसर सीमित छन्। युवा पुस्ता रोजगारी खोज्दै विदेश पलायन भइरहेका छन्। त्यही अवस्थामा सामाजिक सञ्जालमार्फत धेरैले प्रत्यक्ष वा अप्रत्यक्ष आम्दानी गर्ने अवसर पाएका छन्। युट्युब, टिकटक, फेसबुक र इन्स्टाग्रामबाट कमाइ गर्ने युवाको संख्या कम छैन। यी अवसरहरू रोकिँदा बेरोजगारी अझै बढ्ने सम्भावना प्रबल हुन्छ। नेपालका टेलिकम कम्पनीहरूको प्रमुख आम्दानीको स्रोत मोबाइल डेटा हो। प्रयोगकर्ताले दैनिक जीवनमा इन्टरनेट चलाउँदा सबैभन्दा बढी डेटा सामाजिक सञ्जालमा खर्च गर्छन्। यदि सामाजिक सञ्जाल बन्द गरियो भने डेटा खपत घट्छ र यसले टेलिकम कम्पनीको आम्दानीमा प्रत्यक्ष असर पार्छ। यसको परिणामस्वरूप कम्पनीहरूको लगानी गर्ने ...

शैक्षीक गन्थन - गोरख चन्द



शैक्षिक र प्राज्ञिक तहमा समेत यस्तो निचपन विकसित भइरहेको छ जसले गर्दा शिक्षकलाइ गरिने विश्वासमा कमि भइरहेको पान सकिन्छ। शिक्षक स्वयं अाफैमा दिग्भ्रमित देखिन्छ कि म के गरिरहेको छु। शैक्षिक क्षेत्र धराशायी बन्नुको कारण शिक्षक मात्रै नहुन सक्छ तर शिक्षक पनि एक हो भन्दा फरक नपर्ला। शिक्षक भइसकेपछि पढाउने शैली र ज्ञानका आधारमा सेलिब्रेटि बन्नुपर्नेमा उ राजनितिक तथा अन्य रुपमा सेलिब्रेटि बन्न खोज्छ, यसबा ट पनि प्रष्ट हुन्छ कि उसले आफ्नो कमाइखाने भाडोको रुपमा मात्र शिक्षण पेशा लाइ मानेको छ। अहिलेको विश्व भुमण्डलिकरण तथा सुचना र सञ्चार क्षेत्रको तिब्र विकास संगै शिक्षालाइ पनि पुरातन सोच र शैलिका आधारमा अघि बढाउन खोज्नु तथा विद्यार्थिका इक्षा र चाहानाहरुलाइ दबाएर राख्नु, वास्तविक भन्दा पनि आफुले पढेको कुरालाइ मात्र सहि र बाहेक गलत भनेने प्रवृतिले नै हामि पछाडि धकेलिरहेका छौ। विद्यालय तहमा मात्र होइन विश्वविद्यालय हरुमा समेत चार लाइन लेखाएर यो नै सहि हो अरु गलत भन्ने मानसिकता वोकेर पढारहेको पाइन्छ, साथै पाठ्यक्रम र पाठ्यवस्तुको सामान्य जानकारी समेत नभएकाहरुले पनि राजनितिक पहुच, डर र त्रास देखाएर पढाइरहेको देख्न सकिन्छ। शिक्षक एक बौद्विक व्यक्तित्व भएकाले स्वयं पेशागत एवं वैयक्तिक दुवै दक्षता हुनु जरुरी छ, यसका लागी निरन्तर अध्ययन तथा अभ्यास आवश्यक पर्छ। शिक्षा क्षेत्रको वपकास र वृद्विमा शिक्षक ले मात्र सहि भुमिका निभाउने हो भने सत्तरी प्रतिशत सुधार आउछ। शिक्षक लाइ नै समाजले सबैभन्दा बढ बिस्वास गर्ने भएकाले पनि समाजले गरेको विस्वासमा घात नगरौ। त्यसैले शिक्षकले साच्चिकै शिक्षक कै रुपमा आफुलाइ उभ्याउन जरुरी छ। होइन भने शिक्षण पेशाको बदनाम गर्ने छुट कसैलाइ छैन

Comments

Popular posts from this blog

सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand

अपाङ्गता र सरलाको मुस्कान- गोरख चन्द

समृद्धि को बाधक को ? - गोरख चन्द