हरेक व्यक्तिहरु सक्षम हुन चाहन्छन, सक्षमताकै हानथापमा दगुरिरहेका जति पहिला बैधानिक तरिका बाट नै सक्षम हुन खोज्छन तर जब अनन्त असफल हुन्छन त अबैधानिक बाटो अपनाउछन र सक्षम रहेको भनि अरुलाइ देखाउछन। तर यो केवल सरकारी जागीर लाइ बढावा दिनुको परिणाम हो या प्राइभेट जागीरको अस्थिरता त्यो त देशका निति निर्माताहरुले बताउलान तर यसको मुख्यकारण चाहि शिक्षा प्रणाली कमजोर हुनु हो भन्ने मेरो ठम्याइ हो।
नेपालमा राजनितिक परिवर्तन धेरै भए तर कुशल र दुरदर्शी राजनितिक नेतृत्व जन्मन नसक्नुले शिक्षा क्षेत्र धराशायी बन्दै गइरहेको कुरा सर्बविदितै छ। चाहे राणाकालिन परिवर्तन होस या पञ्चायती , जनयद्धकालिन होस या ६२/६३ को जन आन्दोलन, कसैले पनि शिक्षालाइ आफु सत्तामा जाने हतियार त बनाए तर सत्तामा पुगेपछि एकपल्ट फर्केर हेर्ने प्रयास सम्म नगर्नु सत्ता र कुर्षि लोलुप्ता बाहेक केहि होइन।
हिजो मेरो अगाडिकै कुरा गर्दा माओवादिले १० बर्षे जनयुद्धको नाममा कति विद्यालयहरु जलाए, कति शिक्षकहरु मारिए, कति बिद्यार्थीहरु मारिए, अनि कति कुटपिटपछि घाइते भए त्यसको लेखाजोखा नै छैन। मलाइ एउटा कुरा झलझली याद आइरहन्छ "बर्जुवा शिक्षा मुर्दावाद, संसकृत पढ्न पाइदैन, ब्यवशायीक शिक्षा लागु गर" साथै गाउगाउमा किशानहरुलाइ कृषक शिक्षा, गृहणी लाइ गृह विज्ञान, ब्यापारिलाइ ब्यापारिक तथा यस्तै यस्तै समय र ठाउ सुहाउदो शिक्षा ल्याउछौ भनेका थिए तर सत्तामा पुगेको डेढ दशक पुगिसक्दा माखो मार्न नसक्नेहरु भोलि हामिले देश विकास गर्यौ भन्दै भोट माग्न आउनेछन। यो त एक प्रतिनिधि उदाहरण मात्रै थियो तर यस्ता कयौ नारा हरु नारा र भाषणमा सिमित भए । आज तिनै सर्वहाराका छोराछोरीहरु विदेशमा पढ्दैछन भने आसेपासेहरुले जागिर खाएर हाकिम बनेका छन त बाकि रहेका हरु कथित जनप्रतिनिधि भएर राजाको एहसास दिलाउदैछन।
हिजो राणाहरुले शिक्षाबाट बञ्चित गरे जुन घोषित थियो तर आज अघोषित रुपमा शिक्षाबाट बञ्चित गरिरहेका छन। यदि होइन भने हिजोको बुर्जुवा शिक्षालाइ नै निरन्तरता किन ? यसको जवाफ चाहिएको छ।
एकातिर विद्यालय शिक्षालाइ अब्यवस्थीत र लथालिङ्ग बनाउने काम गरियो भने अर्को तिर विश्वविद्यालयहरुलाइ उत्पादनमुखि भन्दापनि खाडिको सर्टिफिकेट दिलाउन सम्म मात्र सक्षम बनाएको छ। पैसा भएकाहरु भिसा लगाएर विदेसिन्छन भने पैसा नहुनेहरु आत्महत्या र लागुऔषदका सिकार भएका छन। देशमा चोरी , हत्या , हिंसा र आतंक बढ्दै गएको छ र सबभन्दा बढि राजनितिक कार्यकर्ता उत्पादन भएका छन।
वास्तविक राजनितिक नेतृत्वले चाहेको यहि थियो जुन भइरहेको छ। तर भनाइ र गराइमा किन फरक भएको भनेर अध्ययन गर्दा मेरो निचोड के रह्यो भने हिजो शिक्षामा बिकास भयो भने आफ्नो अस्तित्व रहदैन कि भनेर राणाहरुले शिक्षामा बन्देज लगाएका थिए, भने आज यी अहलेका राष्टवादिहरु पनि शिक्षाको बिकास भए हाम्रो अस्तित्व मेटिन्छ कि भन्ने ठुलो चिन्ता छ।जसको आक्रोस नेपाली काङ्ग्रेसका सभापति ज्यु ले साझा सवालमा पोख्नु भएको थियो।
यदि शिक्षाको विकास भयो भने वास्तविक सिपयुक्त र ब्यवशायीक तथा दक्ष नागरिक को उत्पादन हुन्छ , उनिहरुले देश र परिस्थितिदसुहाउदो निति निर्माण गर्छन। सिपमुलक जनशक्तिले उत्पादनमुलक कामका लागी उचित सेवा र सुबिधा प्राप्त गर्छ भने आफ्नो कार्यमा ब्यस्त हुन्छ र अनैतिक तथा अउत्पादक कामहरु रोकिन्छन र अन्तत: राजनितिको " र " नजान्नेहरुको अस्तित्व समाप्त हुन्छ। अहिले सबै त नभनौ ९५ प्रतिसत नेताहरु अन्डर एस एल सि. छन। के देश अन्डर एस एल सि ले नै बन्छ भने विश्व विद्यालय र कलेज बन्द गरे हुदैन ? किन गरिबहरुको रोजिरोटि पनि खोसेको? यदि होइन भने पढेलेखेका र दक्ष कर्मचारी हरुको तलब झन औंठाछाप कथित जनप्रतिनिधि भन्दा कम किन?
लोकसेवा र अन्य कर्मचारि छनौट गर्ने निकायहरु पनि दिन प्रतिदिन राजनितिक छायाले विलाइरहेका छन। कुरा निष्पक्षताको मात्र होइन कुरा वास्विकताको हो। विशेष गरि अप्राविधिक सेवाका लागी, कुनै एउटा बिषयबाट स्नातक तह पास गर्न २२ बर्ष खर्च गर्छ अनि लोकसेवाको तयारी भन्दै विश्वको भुगोल कण्ठ गर्नु पर्ने, के यो उत्पादनमुखि र सेवा संग सम्बन्धित छ, यो केवल ब्यक्तिको सृजनशिलता ह्रास गराउने बाहेक केहि होइन। उसो त प्राविधिक विषयमा पनि जुनसुकै लाइ भर्ना गर्दै तालिम दिए हुदैन? बरु यो भन्दा पनि प्रत्येक कार्यक्षेत्रलाइ प्राविधिक रुपमा लिइ सो क्षेत्रसंग सम्बन्धित बिषयमा कुशल व्यक्तिलाइ नियुक्तिको प्रकिया सहि हुन सक्तैन र? जसरि प्राबिधिक पदका लागी गरिन्छ।
अर्को कुरा सिलेबस परिवर्तन र संसोधनका नामामा केहि बिषयबस्तुलाइ क्रमभग गरी राख्ने र केहि बिषयबस्तु हटाएर वा एकिकृत गरेर किताब लेखेर पैसा कमाउने बाहेक अर्को केहि होइन। एक हजार भन्दा माथिका पुस्तक, के यो निम्न जिवनस्तर भएकाहरुका लागी सम्भव छ? पाठ्यक्रम संसोधन गरेर के कुरामा उपलब्धि हुन सक्छ भन्नेभन्दा पनि ब्यापारिक प्रोजनका लागी मात्र जस्तो देखिन्छ। नत्र सामान्यज्ञान जस्तो बिषयमा थप्नु हटाउनुको औचित्य नै रहदैन।
यी यावत कुराहरुको जड एउटै हो जसले युवाहरुलाइ विदेशिन बाध्य बनाएको छ, नव बिवाहित जोडिहरुलाइ विछोड गराएको छ, बालकहरुलाइ बर्षौ देखि कहिले नआउने बाबाको पर्खाइमा बसाइएको छ, लागुऔषद तथा बेश्याबृति बढ्खै गएको छ, हत्या हिंसा र मारकाट बढ्दैगइरहेको छ, भ्रष्टाचारले जरो गाडिसकेको छ, इमान्दारिता भन्नेचिज कहि कतै छैन, त्यो हो शिक्षा। जब सम्म एक इमान्दार र सक्षम नेताको जन्म हुदैन तब सम्म हामि कदापि सपनाको स्विजरल्याण्ड बनाउन सक्दैनौ। त्यसैले त्यो नेतृत्व हामि सचेत युवाहरुबाट जन्मिनुपर्छ , अरुको पर्खाइले कदापी बिकास सम्भव छैन।
शिक्षाको प्रगतिशिल बिकास बाट मात्रै देशको सर्वाङ्गिण बिकास सम्भव छ र शिक्षाको विकासका लागी उचित राजनितिक शैक्षिक नेतृत्वको इन्ट्रि जरुरी छ।
Comments
Post a Comment