Posts

Showing posts from August, 2020

Latest

सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand

Image
  सामाजिक सञ्जाल आजको दिनमा केवल मनोरञ्जन वा साथीभाइसँग कुराकानी गर्ने माध्यम मात्र होइन, जीवनको विभिन्न पक्षसँग प्रत्यक्ष जोडिएको प्रविधि हो। सूचना आदानप्रदान, व्यवसाय, शिक्षा, अनुसन्धान, राजनीति र शासन प्रक्रियामा समेत यसको भूमिका दिनप्रतिदिन बढ्दो छ। यस्तो अवस्थामा सामाजिक सञ्जाल पूर्ण रूपमा बन्द गर्ने निर्णयले नेपालको समग्र संरचनामा ठूलो असर पार्छ। नेपाल जस्तो विकासशील मुलुकमा रोजगारीका अवसर सीमित छन्। युवा पुस्ता रोजगारी खोज्दै विदेश पलायन भइरहेका छन्। त्यही अवस्थामा सामाजिक सञ्जालमार्फत धेरैले प्रत्यक्ष वा अप्रत्यक्ष आम्दानी गर्ने अवसर पाएका छन्। युट्युब, टिकटक, फेसबुक र इन्स्टाग्रामबाट कमाइ गर्ने युवाको संख्या कम छैन। यी अवसरहरू रोकिँदा बेरोजगारी अझै बढ्ने सम्भावना प्रबल हुन्छ। नेपालका टेलिकम कम्पनीहरूको प्रमुख आम्दानीको स्रोत मोबाइल डेटा हो। प्रयोगकर्ताले दैनिक जीवनमा इन्टरनेट चलाउँदा सबैभन्दा बढी डेटा सामाजिक सञ्जालमा खर्च गर्छन्। यदि सामाजिक सञ्जाल बन्द गरियो भने डेटा खपत घट्छ र यसले टेलिकम कम्पनीको आम्दानीमा प्रत्यक्ष असर पार्छ। यसको परिणामस्वरूप कम्पनीहरूको लगानी गर्ने ...

लेख्दालेख्दै - गोरख चन्द

Image
  हो, मैले सपना देख्न त्यहि दिन देखी बन्द गर्ने निधो गरे जुन दिन म सपनामा सुतेर सपना देख्दै थिए। सपना के थियो भने म सुतेर अर्को सपना देख्दै थिए। दोस्रो दिन पुरै दिन लगाएर पनी मैले वास्तवमा सपना चै के थियो भन्ने कुरो पत्ता लगाउन सकेन। हो त्यहि दिन देखी म सपना भन्ने बितिक्कै मेरो दिमागले काम गर्न छोड्छ। म बस्ने टोलमा पनि एक जना सपना नाम गरेकी बहिनी रहेछ, अस्ती मात्र को घटना हो । सपनाको मम्मीले मलाई सोध्नु भएछ,बाबु सपना   देख्यौ र ? मैले त के के न भनेर वहाँको चित्त दुखाइदिएछु। हिजो गएर माफि मागे तर दिने हुन कि नाई अहिले सम्म एकिन छैन। अरु सबै थोक मन पर्छ तर सपना भनेपछि मेरो पारो गरम भएर आउछ। सानो मा सरले भन्नु हुन्थ्यो बाबु तिम्रो के बन्ने सपना छ? म प्रत्येक सर हरुलाई फरक फरक जवाफ दिन्थे। कसैलाई भन्थे प्रधानमन्त्री, कसैलाई समाज सेबी ,कसैलाई पुलिस, कसैलाई डाकु यस्तै यस्तै । अनि सरले भन्नुहुन्थ्यो सपना देख्ने मान्छे मात्र जीवनमा सफल हुन्छ। हो त्यहि दिन देखी देखी सपना देख्न थालेको म आज आज सम्म सपना मात्र देखीरहे तर सफलता भन्ने कुन चरीको नाम हो थाहा पाउन सकिएको छैन, सायद डाइनासर सं...

गजल - गोरख चन्द

तिमि धर्ती बन म आकास बनिदिन्छु सुख दुख प्रेमको आभास बनिदिन्छु पत्थर पगालेर अनि तारा झारेर होईन पाईला पाईला चाल्दै साथ बनिदिन्छु अंधकारमा छु भन्दै हरेश नखाउ प्रिर्ये कहिल्यै नहट्ने म प्रकास बनिदिन्छु हज्जारौ दियाहरु जलिरहेछन र पनि न डगमगाउ रत्ति म खास बनिदिन्छु निराशा नछाउ तिमि साझ परेछ भन्दै रवि किरण ल्याई म प्रभात बनिदिन्छु

मेरो आवाज - गोरख चन्द

  तिमि कुन आवाजको कुरा गर्छ्यौ विचारहरुले शुन्यता छाएको बेला केवल मुटु धड्किरहन्छ र पो जिउदो आभाष हुन्छ तिमि कुन धरातलको कुरा गर्छयौ धर्ति भासिएको बेला जब उठेर हेर्छु आफैलाई चारैतिर, मात्र आकास हुन्छ मेरो आवाज दवाइएको छ मेरो मुटु च्यापिएको छ त्यसैले म जिउदो लास बनेको छु किनकि बनाईएको छ।

तीन मुक्तक - गोरख चन्द

  तीन मुक्तक खुशिको बजारमा पिडा लुकाएर गयौ हरियाली छाएको जोबन सुकाएर गयौ नसम्झ तिमि एक्लै आए गए भन्दै प्रिये झुक्दै नझुक्ने दिल आज झुकाएर गयौ माया ल्याए तिम्लाई दोकानमा मिलेपछि खुशि ल्याए तिम्लाई मकानमा मिलेपछि जवानि नै बाड्नु थियो साट्नु छ है माया भेट गर्न आउनु तिमि थकानमा मिलेपछि खेतबारी मै सड्छन यहा किसानका फसलहरु हातमुख जोड्न हाम्ले अब धाउनु पर्छ पसलहरू दुनिया कै रित जस्तो बिधान कानुन छैनन कतै बदमासहरु महल बस्छन मर्छन यहा असलहरु

शैक्षीक गन्थन - गोरख चन्द

Image
शैक्षिक र प्राज्ञिक तहमा समेत यस्तो निचपन विकसित भइरहेको छ जसले गर्दा शिक्षकलाइ गरिने विश्वासमा कमि भइरहेको पान सकिन्छ। शिक्षक स्वयं अाफैमा दिग्भ्रमित देखिन्छ कि म के गरिरहेको छु। शैक्षिक क्षेत्र धराशायी बन्नुको कारण शिक्षक मात्रै नहुन सक्छ तर शिक्षक पनि एक हो भन्दा फरक नपर्ला। शिक्षक भइसकेपछि पढाउने शैली र ज्ञानका आधारमा सेलिब्रेटि बन्नुपर्नेमा उ राजनितिक तथा अन्य रुपमा सेलिब्रेटि बन्न खोज्छ, यसबा ट पनि प्रष्ट हुन्छ कि उसले आफ्नो कमाइखाने भाडोको रुपमा मात्र शिक्षण पेशा लाइ मानेको छ। अहिलेको विश्व भुमण्डलिकरण तथा सुचना र सञ्चार क्षेत्रको तिब्र विकास संगै शिक्षालाइ पनि पुरातन सोच र शैलिका आधारमा अघि बढाउन खोज्नु तथा विद्यार्थिका इक्षा र चाहानाहरुलाइ दबाएर राख्नु, वास्तविक भन्दा पनि आफुले पढेको कुरालाइ मात्र सहि र बाहेक गलत भनेने प्रवृतिले नै हामि पछाडि धकेलिरहेका छौ। विद्यालय तहमा मात्र होइन विश्वविद्यालय हरुमा समेत चार लाइन लेखाएर यो नै सहि हो अरु गलत भन्ने मानसिकता वोकेर पढारहेको पाइन्छ, साथै पाठ्यक्रम र पाठ्यवस्तुको सामान्य जानकारी समेत नभएकाहरुले पनि राजनितिक पहुच, डर र त्रास देखाएर...

समृद्धिको आधार शिक्षा - गोरख चन्द

Image
  हामि शिक्षा प्राप्त गर्दै गर्दा  आधारभुत कुराहरु बिर्षियौ। पढ्दा रट्टा लगाएर भन्यौ गास बास र कपास मानिसका आधारभुत आवश्यकता हुन तर कहिल्यै त्यसलाइ अभ्यासमा ल्याएनौ र अन्तमा भन्यौ शिक्षा प्रणाली ठिक भएन। होलान शिक्षाप्रणालिका पनि केहि कमि कमजोरी तर पहिला प्रणालीलाइ दोष दिनु भन्दा पनी आफुलाइ पनि हेर्नेकि?  हिजो नैतिक शिक्षा पढेकै हो, किन अाएन नैतिक आचरणमा सुधार बरु झनझन खस्किदै गयो । शिक्षा प्रणाली, आर्थिक निति इत्यादि भन्दा पनि देशमा उत्कृष्ट राजनिक राजनिक चेतनामा बृद्वि हुनुपर्छ। राजनितिक नेतृत्व गतिशिल र उर्जावान हुनुपर्छ । बहुआयामिक र क्षमतावान व्यक्तित्व मात्र राजनिति मा आउनुपर्छ। कार्य गरेर आएको व्यक्ति सम्बन्धित निकाय मा स्थापित हुने ब्यवस्था ल्याउनुपर्छ । बालकलाइ मात्र सिकाउने शिक्षकले पहिला अाफुले सिक्न जरुरी छ, किनकि अरुलाइ भन्न त सकिन्छ यस्तो भएन उस्तो भएन तर साच्चै विद्यार्थीको अगाडि काम गरेर सिकाउने शिक्षक को खाचो छ अहिले। दशवर्ष पुरानो डाएरि बोकेको हुन्छ अनि भन्छ हामिले समय सुहाउदो शिक्षामा जोड दिनुपर्छ। २/४ वटा डाउनलोडेड सलाइड देखाउछ अनि भन्छ शिक्षा मा सुचना...

गन्थन - गोरख चन्द

Image
"लाखौ खर्च गरेर अध्ययन गरीयो। जीवनका अत्यन्त कठिन खुड्किला हरु पार गर्ने क्रममा कति भोको बसीयो त कति   रातरुहरु अनिदो भइयो। म जस्तै कयौं व्यक्तिहरु बाध्यता भन्दै नबिदेसिएका होईनन् , तर मैले हिम्मत हारिन। अध्ययनलाई निरन्तरता दिईरहे र त अहिले के गलत र के सहि छुट्याउन सक्ने मानसिकता तयार गर्न सकियो। हुनत पढाईलाई नोकरी संग दाजीन्छ , त्यो ब्यक्ति मात्र सफल कहलीन्छ जस्ले सरकारी जागीर खाएको छ। एउटा पाटो त्यो पनी हो तर सम्पुर्णमा होईन। सामाजिक भएर बाच्नुको मजा बेग्लै छ, "उसले गर्ने व्यवहार र मान मर्यादा बाट दिक्क भएको मैले कतै सामाजिक हुनुको परीभाषा ज्ञात त गराएन? " भन्ने पनी भान हुन्छ। उसको ब्यवहार परीवर्तन हुनु सामाजिक संजालको उपज थियो। एकातिर बिज्ञान र प्रविधि अगाल्नु पर्ने बाध्यता भने अर्कातीर मानवीय सम्बन्ध र नाताको क्षयीकरण, कन्फ्युजन मात्रै भन्दा फरक पर्दैन। साम, दाम, दण्ड र भेदको राजनिति (अस्वच्छ प्रतिस्पर्धा); अत्यधिक नाफामुख आर्थिक कृयाकलाप (लुटतन्त्र) र अहमताबादी सोच र चिन्तनको बिकास केहि समयका लागी फलिफाप भएपनी अनन्त अभिशाप नै बन्छ।  एकजना महोदयले भनेको कुरा सम्झिए। ...

Why B.Ed. CSIT - Gorakh Chand

Image
  It is the newly introduced course in Nepal,In Trivuwan University from 2066BS as B.Ed. ICT. But now in Farwestern University From 2071 B.S. continuely running with well managed syllabuses and menpower. To study this course +2 from any of the faculty is needed. In T.U. up ro 1 to 3 lakh rupees, we can study this course as the private colleges are expensive than the TU central. But in FWU it we have to pay just 75 thosand for 4 year. It is the most current need of teaching ICT from the school level. For which B.Ed CSIT will fullfill the need of todays demand. B.Ed CSIT is specially designed for the teaching profession but not at all, it will be helpful for WEB APPLICATION and DATABASE as well. So In comming days the course will help to develop and obtain the goal of ICT in Nepal. Day by day the world is going develop rapidly. It is possible by different innovations in education, more over it is possible by development of Information and Communication Technology ICT. The theory basi...

मानवता ‍ - कविता -- गोरख चन्द

  इज्जत गुमाइरहेछन कुकार्य तिर पाइला चाल्दै छन बनाउदैछन मुर्ख अर्कालाइ बन्दैछन विद्धान आफु केवल मानव मानव बाटै छ पिडित ठान्दैछन सत्रु छोराले बुवालाइ हाल्दैछन छिमेकी जालझेल भित्र आफ्नै छिमेकिलाइ घार दाउरा त के , घरबाहिर गएकि नारी हरक्षण सतित्व भन्दै रुन्छिन कराउछिन कतै बोल्न नपाउदै गाला रेटिन्छन केवल स्वार्थ लोभ र लालचमा रक्सिले मात्तिएको छ आफु भाइ राजनिति गर्छ अरे छोरा बेश्यालयमा होला छोरी थाके पनि भन्न नपाइ काममा जब कि अन्धकारभित्र, श्रीमती ओछ्यानमा मृत्यूको प्रतिक्षामा कसले कसलाइ बुझ्ने यहि हो एक्काइसौ सताब्दिको मानवता

Plagiarism and Academic Dishonesty - Gorakh Chand

Image
  Introduction           Today's world has so many problems but without eliminating the problems on academic sector it is difficult to dream the problem less world. In the same way in academic sector specially student's plagiarism is most common problem. The most common approaches that academic sector should  prevent it call for treating plagiarism either as morally wrong or as a crime.           Plagiarism is the theft of intellectual property, which is also type of academic dishonesty. The one approach is that the plagiarism as a matter of morality and often create honor codes. By which appeal to the desire of students to do the right thing. The second approach is that to prevent the plagiarism treating it as a breaking rules or as a crime.           Now a days all the people of society are full of awareness in all the asp...

अन्तिम पत्र - गोरख चन्द

Image
  सानु, मोह लोभ र घमण्डलाइ अँगाल्ने ब्यक्ति महान होइन। द्वेष, इश्र्या, रिष, डाह गर्ने ब्यक्ती महान होइन। महलहरुमा बसी कागजका कुनाहरुमा सिग्नेचर गर्दै हाकिम चलाउन खोज्ने ब्यक्ति महान होइन । तर तिमि किन लोभ, घमण्ड, रिष र डाहको अंगीकार गर्दैछौ ? किन तिमि चहकिलो जीवनलाइ निर्जिव दिशातिर धकेल्दैछौ ? जुन महान व्यक्तिको उदय महान परिवार बाट हुन्छ भन्दै तिमिले निर्जन सम्झदै मानिसलाइ भुलभुलैयामा फसाउने कोसिस गरिरहेछौ । त्यो कुरा म एक प्रतिसत पनि मान्न तयार छैन। महान यात्राको संकुचित दलदलभित्र फसिरहेछौ तिमि, अन्जान ढुङ्गा र बालुवा जस्तै । तिम्रो मुस्कान छाएको अनुहारलाइ अर्थात देखावटि अनुहारलाइ छोप्न कालो वादल तिमि सामु आउदैछ । सायद तिमिले पनि नबुझको त होइन । बुझ पचाएको कुरा स्पष्ट छ, तर भबिश्यलाइ पनि ख्याल गर है । बोलीका गोली हान्न मात्र जान्यौ । ब्यवहारमा त्यसका अंश राख्न नपाउदै पर्दाबाट विलीन हुन्छ्यौ , तिमिलाइ साच्चै मृग जस्तै दौडिन मन लाग्छ, कुकुर जस्तै चल्न मन लाग्छ होला । किनभने तिमिलाइ कसैले मार्न चाहन्न, कस्ले खान्छ र तिम्रो मासु ? तिमि महान व्यक्तिबाट आर्शिवाद लिन चाहन्छ्यौ , ठुल्ठुल...

समृद्धिको सपना - दीपक चन्द

  अनुमानित एक करोड भन्दा बढी नेपाली युवा (नेपाल संबिधान अनुसार 16-40 बर्षका) जनशक्ति रोजीरोटीको लागी बिदेसीएको छ,लामो जनयुद्ध र नयाँ संबिधान पछी पनी युवाहरुको भबिस्य निस्चित देखीएको छैन,स्थायी सरकार बनेको एक बर्ष बित्दा पनी लाखौ युवा रोजीरोटीको लागी अनिवार्य विदेशीनु पर्ने बाध्यता छ र जस्ले समाजलाई अन्यौलता तिर दिन प्रतिदिन धकेल्दैछ ।लाखौं युवाहरु जागीरकै निम्ती भारत तथा बिश्वका अन्य मुलुकमा अन्यौलतामा परेका छन तर सरकार संग भने अझ सम्म कुनै तथ्याङक नै छैन। अहिले नै हेर्दा एकातीर एकै दिनमा 55 हजार युवाहरुले कोरीया जान रातभरी कुरेर भए पनी फारम भरिरहेका अवस्था छ भने अर्कोतिर चार लाख पचहत्तर हजार युवाहरु बिना लक्ष्य परीक्षा दिईरहेको अवस्था पनी छ। सरकारका नितीमा अन्य सबै स्वदेश मै रहेका युवाहरु पनी अटाउन सकेका छेन्न भने देशका दुई ठुला शक्ति नेकपा र कङ्ग्रेसका नितीहरु भएता पनी राजनीतिक स्वार्थका लागी कुन्ठीत नै छन । तर बिदेशमा पनी श्रम अनुसारको पारिश्रमिक भने पाउदैनन् सरकारले यस संबन्धमा कुनै चासो नै देखाउँदैन।यो गतीले भबिस्यमा युवाको स्थान सुनिस्चित छैन भन्ने देखीन्छ।त्यसकारण युवा जाग्न...

डोट्याली गीत - गोरख चन्द

Image
  मिसाइल  अमेर्का सित सेना चाइना सित नेपालिनले दिन काट्टु बातै आइना सित न  नेता  गतिलो पायो   नै त   करमचारी बलात्कारमा फस्स पस्या बाल बरमचारी कोइ भण्णा  बेरोजगारी कोरोनाका साल पर्लयको  सुरुवात हो आइगै  कलि काल स्ट्याटस मुइ पनि  लेख्दो बेला बखतको न चित्त बुझाउन सक्या  दुनिया जगतको लागिका मनमा कुरा लेख्खौ भणि आया जइबेला आइझाली छुद्दि उसै वेला गाया यै देशमा नेता  बढि ,  जनता भया  कम नेताले गालि  लै   गर्या  नच्च्या छम छम पत्रकार नेताकि झ्वला बोक्क पसि गया खल्डि भद्या के गरन्थ्या जनताकि माया कसैका  चप्पल  छैन   कसैका घर  छैन आलिसान महल दियो चुनावको भरछैन युवा भण्णा नाउ मात्रैका कामनकाजका दिनमा नारा  जुलुस   बोतल छन रातका नाम लेख्ख नजणन्या  मुख्या भया पछा करमचारि  हावि  भया दिन  अया  कसा राजाहटि देश विकास कति भयो  आज गणतन्त्रका नेतानकि  धोति लागी आग देशको जमिन बेचि अमेरिका घर किन्यो न नेताले आफै जाण्यो न जन्ताले चिन्यो...

समृद्धिको आधार शिक्षा - गोरख चन्द

Image
  हामि मनपरितन्त्र लाइ स्विकार गर्दा गर्दै बानि परिसक्यौ कि अब कसैले सहि कुरा गर्दा त्यो पागल हो भनिदिन्छौ। यो बाध्यता हो किनकि राम्रो मान्छे त जन्मेकाछन तर उनिहरुमा लिडरसिप दबिएर रहेको छ । कि त्यो नेतृत्व स्वार्थ सिद्दिको स्वादमा अल्मलिन्छ र समाप्त हुन्छ कि एउटा विद्रोहको स्वर बनेर तड्पिरहन्छ तर सफल्तासम्म पुग्दैन । किनकि राज्य सत्ता तिनै मान्छे ले डिजाइन गरेका छन जो आफुभन्दा अगाडि बढेको कसैलाइ देख्न चाहदैनन। जसले जस्तोसुकै खोल अोढेपनि आखिर खोल भित्र को वस्तु एउटै हो भन्ने चतनाको विकास हुन नदिने शिक्षा प्रणालीमा हुर्केका हामिहरुले किताबहरुमै पनि जति गुणगान राजारानि देखि लिएर नेताहरुको जिवनीका रुपमा गर्यौ त्यति उत्पादन तथा शिपमुलक पाठहरु पढ्न पाएको भए सायद न त भ्रष्टाचार र बिद्रोहका अावाजहरु सुन्न नपर्थ्योहोला। नेतामा हुनुपर्ने नैतिकता हरायो र पो शिक्षकमा हुनुपर्ने शिक्षा हराउनथालेको छ। एउटाले नेता विग्रियो र देश सखाप भयो, अर्कोले भन्छ कर्मचारि विग्रियो र देश विग्रियो, कसैले भन्छ हामि भुपरिबेष्टित राष्ट्रका जनता कसरि लाग्छ देश उभो, त कसैले श्रोत र साधन छैन भन्छ। राजनितिक दल भन्छन भ...

नेपालको शिक्षा र राजनिती- गोरख चन्द

Image
हरेक व्यक्तिहरु सक्षम हुन चाहन्छन, सक्षमताकै हानथापमा दगुरिरहेका जति पहिला बैधानिक तरिका बाट नै सक्षम हुन खोज्छन तर जब अनन्त असफल हुन्छन त  अबैधानिक बाटो अपनाउछन र सक्षम रहेको भनि अरुलाइ देखाउछन। तर यो केवल सरकारी जागीर लाइ बढावा दिनुको  परिणाम हो या प्राइभेट जागीरको अस्थिरता त्यो त देशका निति निर्माताहरुले बताउलान तर यसको मुख्यकारण चाहि शिक्षा प्रणाली कमजोर हुनु हो भन्ने मेरो ठम्याइ हो। नेपालमा राजनितिक परिवर्तन धेरै भए तर कुशल र दुरदर्शी राजनितिक नेतृत्व जन्मन नसक्नुले शिक्षा क्षेत्र धराशायी बन्दै गइरहेको कुरा सर्बविदितै छ। चाहे राणाकालिन परिवर्तन होस या  पञ्चायती , जनयद्धकालिन होस या ६२/६३ को जन आन्दोलन, कसैले पनि शिक्षालाइ आफु सत्तामा जाने हतियार त बनाए तर सत्तामा पुगेपछि एकपल्ट फर्केर हेर्ने प्रयास सम्म नगर्नु सत्ता र कुर्षि लोलुप्ता बाहेक केहि होइन। हिजो मेरो अगाडिकै कुरा गर्दा माओवादिले १० बर्षे जनयुद्धको नाममा कति विद्यालयहरु जलाए, कति शिक्षकहरु मारिए, कति बिद्यार्थीहरु मारिए, अनि कति कुटपिटपछि घाइते भए त्यसको लेखाजोखा नै छैन। मलाइ एउटा कुरा झलझली याद आइरहन्छ "बर्...

We shuld be- Gorakh Chand

Image
  What is the demand of the time? What is the essence of the modern era? We all say Development of the nation Or prosperity of the nation. But we don't know how it can be gained. Only political party and their members can not make a nation strong. To be a strong nation many other  aspects are needed. So that politics is one of them. So education and the skills we have plays vital role in the deveopment of nation. Every moment of our life is golden moment. The door of progress and development remain open for the person who know the utilize and make best use of these moment. He not only pushes away all the failures and gets victory over all set-backs and obstacles but also becomes very popular in society due to his punctual behaviour. The person who don' t know how to behave others are the part of the politics, why it is? So what I think really is that ;is that lack of moral values? The main root is the lack of quality education... The development of the education is necessary.....