Latest

सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand

Image
  सामाजिक सञ्जाल आजको दिनमा केवल मनोरञ्जन वा साथीभाइसँग कुराकानी गर्ने माध्यम मात्र होइन, जीवनको विभिन्न पक्षसँग प्रत्यक्ष जोडिएको प्रविधि हो। सूचना आदानप्रदान, व्यवसाय, शिक्षा, अनुसन्धान, राजनीति र शासन प्रक्रियामा समेत यसको भूमिका दिनप्रतिदिन बढ्दो छ। यस्तो अवस्थामा सामाजिक सञ्जाल पूर्ण रूपमा बन्द गर्ने निर्णयले नेपालको समग्र संरचनामा ठूलो असर पार्छ। नेपाल जस्तो विकासशील मुलुकमा रोजगारीका अवसर सीमित छन्। युवा पुस्ता रोजगारी खोज्दै विदेश पलायन भइरहेका छन्। त्यही अवस्थामा सामाजिक सञ्जालमार्फत धेरैले प्रत्यक्ष वा अप्रत्यक्ष आम्दानी गर्ने अवसर पाएका छन्। युट्युब, टिकटक, फेसबुक र इन्स्टाग्रामबाट कमाइ गर्ने युवाको संख्या कम छैन। यी अवसरहरू रोकिँदा बेरोजगारी अझै बढ्ने सम्भावना प्रबल हुन्छ। नेपालका टेलिकम कम्पनीहरूको प्रमुख आम्दानीको स्रोत मोबाइल डेटा हो। प्रयोगकर्ताले दैनिक जीवनमा इन्टरनेट चलाउँदा सबैभन्दा बढी डेटा सामाजिक सञ्जालमा खर्च गर्छन्। यदि सामाजिक सञ्जाल बन्द गरियो भने डेटा खपत घट्छ र यसले टेलिकम कम्पनीको आम्दानीमा प्रत्यक्ष असर पार्छ। यसको परिणामस्वरूप कम्पनीहरूको लगानी गर्ने ...

समृद्धिको सपना - दीपक चन्द


 अनुमानित एक करोड भन्दा बढी नेपाली युवा (नेपाल संबिधान अनुसार 16-40 बर्षका) जनशक्ति रोजीरोटीको लागी बिदेसीएको छ,लामो जनयुद्ध र नयाँ संबिधान पछी पनी युवाहरुको भबिस्य निस्चित देखीएको छैन,स्थायी सरकार बनेको एक बर्ष बित्दा पनी लाखौ युवा रोजीरोटीको लागी अनिवार्य विदेशीनु पर्ने बाध्यता छ र जस्ले समाजलाई अन्यौलता तिर दिन प्रतिदिन धकेल्दैछ ।लाखौं युवाहरु जागीरकै निम्ती भारत तथा बिश्वका अन्य मुलुकमा अन्यौलतामा परेका छन तर सरकार संग भने अझ सम्म कुनै तथ्याङक नै छैन। अहिले नै हेर्दा एकातीर एकै दिनमा 55 हजार युवाहरुले कोरीया जान रातभरी कुरेर भए पनी फारम भरिरहेका अवस्था छ भने अर्कोतिर चार लाख पचहत्तर हजार युवाहरु बिना लक्ष्य परीक्षा दिईरहेको अवस्था पनी छ।


सरकारका नितीमा अन्य सबै स्वदेश मै रहेका युवाहरु पनी अटाउन सकेका छेन्न भने देशका दुई ठुला शक्ति नेकपा र कङ्ग्रेसका नितीहरु भएता पनी राजनीतिक स्वार्थका लागी कुन्ठीत नै छन । तर बिदेशमा पनी श्रम अनुसारको पारिश्रमिक भने पाउदैनन् सरकारले यस संबन्धमा कुनै चासो नै देखाउँदैन।यो गतीले भबिस्यमा युवाको स्थान सुनिस्चित छैन भन्ने देखीन्छ।त्यसकारण युवा जाग्नु पर्ने बेला आएको छ। स्वदेशमा केही नलागे पछी घर,परिवार,समाज र देश बनाउन हिडेका युवाहरु प्रतेक दिन बाकसमा भित्रिने गर्दछन। प्रजातान्त्र पछी युवाहरुलाई शैशिक संस्थाहरूमा संगठन बनाई उचाल्ने र पछार्ने अनी पार्टीको स्वार्थ पुरा गर्ने कम भैरहदा युवाहरु बिचलीत भई कुनै उपल्ब्धी नभएका कारण बिदेशीनु पर्ने बाध्यता देखीन्छ।देशका दुई ठुला सक्ति नेकपा र कङ्ग्रेस बर्सौ देखी युवा युवा भन्दै आए तर आज यिनै सक्ति देशलाई झन संकटमा पारी रहेको अवस्था देखीन्छ।

समाज नै मानसिक कुन्ठा र तनावले भरीपुर्ण भैसकेको छ। हत्या, हिंसा र बलात्कारबाट समाज छुट पाईरहेको छैन, घरमा स्वास्नी छोराछोरी र बृद्ध बुबा आमा छाडेर बिदेशीएका युवाहरुको समस्या कस्ले बुझ्ने? यो अबस्थामा बिदेशीएका करोड भन्दा बढी युवाहरुमा एक न एक भबिस्यका योजनाहरु र केही स्वदेशमै गर्ने ईच्छा हुन्छन नै उहाहरुको मनोबललाई बुझेर अहिले सम्म समाधानको सरकार पक्षबाट कुनै पहल भएको देखीदैन। केवल खेलौना दिएर केही समय भुलाउदै सरकार तथा केही शक्तिशाली पारटीहरु उही पुरानै सैलीमा आफ्नो स्वार्थ पुर्ती गर्दै गईरहेको देखीन्छ ।

पहिले त शिक्षा र स्वास्थ्य ,अनी नभएका लागी खाना, बृद्ध र गरीवका लागी आवासको पुर्ती सरकारले निशुल्क गर्नुपर्ने हो तर निती नै बनाइएको छैन र बनाएका नितीहरु पनी स्वार्थमै सिमीत छन। यसका लागि पनी युवा सक्ती स्वतन्त्ररुपले,शान्तीपूर्ण ढंगले सरकारलाई घचघच्याई राख्नु पर्ने अहिलेको समयको आवश्यकता हो। अधिकारहरु सुनिश्चित गर्न सक्ने क्षमता पनी हामि युवामा नै छ।यसका लागि प्रतेक घर घर,छिमेक,वडा, गाउँ पालीका/नगरपालिका, क्षेत्र, जील्ला,प्रदेश र केन्द्रमा युवाको नेतृत्व हुन जरुरी छ।पहिला समाजका अन्यौलता नसुल्झाई ,सुरक्षाको प्रत्याभुत नगराई केन्द्रबाट भाषणमा समृद्धिका नारा लगाईदैछन जुन देशका युवाहरुका लागी घातक छ र दैनीक जीवनमा देखीएको पनी छ।

युवा एवम् दक्ष जनशक्ति बिदेशीए कसरी समाज बन्छ?युवाका प्रस्फुटित नयाँ बिचारहरुको काट छाट गरी समाज निर्माणमा उच्च संलग्नता गराउने गराउनु पर्दछ। तर अहिलेको सरकार बिश्वका सौयौ देशमा श्रम सम्झौता गरी फेरी युवा भुलाएर समाज खुकुलो बनाउनै दिशातिर अग्रसर छ। युवाले समाज र समाजले नै सार्वभौमक अस्थीत्वको महत्वलाई बचाएयो भने मात्र देश समृद्धिको पाईला चाल्छ ,तर यहाँ ठिक उल्टो छ।

बचपन देखी मैले अनुभव गरेको अहिले सम्म देश बन्उछौ भन्ने हरुले जाण,बोका र बिडी बेचेरै भोटहरु किनेर शासन गरेको र देश भष्टाचारको भुमरीमै रहि दोहन गरेको देखीयो, यो परिपाटीलाई अन्त्य गर्न पनी युवाहरुको अती महत्वपूर्ण भुमिका रहने छ र अहिलको आवस्यकता पनी हो। सबै युवाहरुको कदर गर्दै समाज सेवाका लागी यहाँ हजारौ के.पी. खनाल जन्मनु पर्छ, रबि लामीछाने जन्मनु पर्छ, कुलमान घिसिङ जन्मनु पर्छ,समाजलाई सकारात्मक संदेश दिने युवाहरु आज बिदेशको 60 डिग्रीमा तापक्रममा पसिना बेचीरहेका छन । उहाहरु सबैका लागी अब देशमै सरकार र युवाहरु संगठीत भएर सहकार्य गरी रोजगारी सृजना युवाबाट नै संभब गर्दा अगाडी बढ्न सहज हुनेछ ।

पार्टी द्वारा राजनीतीक स्वार्थका लागी राजनिति केन्द्रीत युवा हैन समाज निर्माण केन्द्रित ईमान्दार,कर्तव्यनिष्ठ र विवेकशील युवाहरुको भावनालाई बुझी युवाहरुको भबिस्य सुनिस्चित गर्न सक्ने नेतृत्वको आवस्यकता छ,जसले भबिस्यमा गएर देशको संप्रभुताको रक्षा गर्ने छ र देशले समृद्धिको पाईला चाल्ने छ।स्वतन्त्र युवाहरुलाई शिप र क्षमता अनुसारको पारिश्रमिक देशभित्रै दिनु पर्छ र बिदेशबाट युवाहरु स्वदेशमा ल्याउने बाटाहरु छिटो खोजिनु पर्दछ।

समृद्धि हाम्रै पालामा, हामि सबैको जय होस,नेपालको जय होस।

Comments

Popular posts from this blog

सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand

अपाङ्गता र सरलाको मुस्कान- गोरख चन्द

समृद्धि को बाधक को ? - गोरख चन्द