Latest

सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand

Image
  सामाजिक सञ्जाल आजको दिनमा केवल मनोरञ्जन वा साथीभाइसँग कुराकानी गर्ने माध्यम मात्र होइन, जीवनको विभिन्न पक्षसँग प्रत्यक्ष जोडिएको प्रविधि हो। सूचना आदानप्रदान, व्यवसाय, शिक्षा, अनुसन्धान, राजनीति र शासन प्रक्रियामा समेत यसको भूमिका दिनप्रतिदिन बढ्दो छ। यस्तो अवस्थामा सामाजिक सञ्जाल पूर्ण रूपमा बन्द गर्ने निर्णयले नेपालको समग्र संरचनामा ठूलो असर पार्छ। नेपाल जस्तो विकासशील मुलुकमा रोजगारीका अवसर सीमित छन्। युवा पुस्ता रोजगारी खोज्दै विदेश पलायन भइरहेका छन्। त्यही अवस्थामा सामाजिक सञ्जालमार्फत धेरैले प्रत्यक्ष वा अप्रत्यक्ष आम्दानी गर्ने अवसर पाएका छन्। युट्युब, टिकटक, फेसबुक र इन्स्टाग्रामबाट कमाइ गर्ने युवाको संख्या कम छैन। यी अवसरहरू रोकिँदा बेरोजगारी अझै बढ्ने सम्भावना प्रबल हुन्छ। नेपालका टेलिकम कम्पनीहरूको प्रमुख आम्दानीको स्रोत मोबाइल डेटा हो। प्रयोगकर्ताले दैनिक जीवनमा इन्टरनेट चलाउँदा सबैभन्दा बढी डेटा सामाजिक सञ्जालमा खर्च गर्छन्। यदि सामाजिक सञ्जाल बन्द गरियो भने डेटा खपत घट्छ र यसले टेलिकम कम्पनीको आम्दानीमा प्रत्यक्ष असर पार्छ। यसको परिणामस्वरूप कम्पनीहरूको लगानी गर्ने ...

समृद्धिको आधार शिक्षा - गोरख चन्द



 हामि मनपरितन्त्र लाइ स्विकार गर्दा गर्दै बानि परिसक्यौ कि अब कसैले सहि कुरा गर्दा त्यो पागल हो भनिदिन्छौ। यो बाध्यता हो किनकि राम्रो मान्छे त जन्मेकाछन तर उनिहरुमा लिडरसिप दबिएर रहेको छ । कि त्यो नेतृत्व स्वार्थ सिद्दिको स्वादमा अल्मलिन्छ र समाप्त हुन्छ कि एउटा विद्रोहको स्वर बनेर तड्पिरहन्छ तर सफल्तासम्म पुग्दैन । किनकि राज्य सत्ता तिनै मान्छे ले डिजाइन गरेका छन जो आफुभन्दा अगाडि बढेको कसैलाइ देख्न चाहदैनन। जसले जस्तोसुकै खोल अोढेपनि आखिर खोल भित्र को वस्तु एउटै हो भन्ने चतनाको विकास हुन नदिने शिक्षा प्रणालीमा हुर्केका हामिहरुले किताबहरुमै पनि जति गुणगान राजारानि देखि लिएर नेताहरुको जिवनीका रुपमा गर्यौ त्यति उत्पादन तथा शिपमुलक पाठहरु पढ्न पाएको भए सायद न त भ्रष्टाचार र बिद्रोहका अावाजहरु सुन्न नपर्थ्योहोला।

नेतामा हुनुपर्ने नैतिकता हरायो र पो शिक्षकमा हुनुपर्ने शिक्षा हराउनथालेको छ। एउटाले नेता विग्रियो र देश सखाप भयो, अर्कोले भन्छ कर्मचारि विग्रियो र देश विग्रियो, कसैले भन्छ हामि भुपरिबेष्टित राष्ट्रका जनता कसरि लाग्छ देश उभो, त कसैले श्रोत र साधन छैन भन्छ। राजनितिक दल भन्छन भोट त्यो नि दुइ तिहाइ, कर्मचारि भन्छन सेवा र सुविधा नै पुगेन, वेरोजगार भन्छन रोजगार चाहियो तर माग्या चै कसलाइ भन्ने प्रश्न गरेपछि थाहा हुन्छ कि सबैको एउटै श्रोत जुन अदृश्य छ , जे जति पनि भइरहेको छ सब अदृश्य शक्तिको आड र भरोसारमा। 
हामिले सबैलाइ धारे हात लाउनु ठिक छ या छैन पहिचान गर्ने मापदण्ड के, एउटाले यस्तो ठिक भन्दा अर्कोले गलत प्रमाणित गर्छ आफ्नो ब्याख्या र बिश्लेषण गरेर। किनकि हामि यति तल गिरिसकेका छौ कि सहि र गलत, न्याय र अन्याय छुट्याउन सक्ने सामर्थ्य समेत छैन।
यतिसम्म पुगेपछि समेत अझ हामि अहिले ठुलो भुल गर्दैछौ, त्यो कसरि भने शिक्षालाइ सुधार गर्नुको साटो नेताका कुर्षि र टेबुल सुधार गरेर, अयोग्य प्रतिस्पर्धा र नातावाद लादेर। यदि अहिले पनि शिक्षामा आमुल परिवर्तनको निति ल्याउन सकिएन भने हामि १०० वर्ष पछाडि धकेलिन्छौ। त्यसैले पहिलो काम हो शिक्षामा लगानि बढाउने र उपयुक्त , समय सापेक्ष , शिपमुलक, व्यवहारिक शिक्षाको निति तय गर्ने र त्यसलाइ कार्वान्वयन गर्ने। जसले समाजलाइ दिगो परिवर्तन र समृद्वको यात्रातिर अग्रसर गराउछ।

जय शिक्षा


Comments

Popular posts from this blog

सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand

अपाङ्गता र सरलाको मुस्कान- गोरख चन्द

समृद्धि को बाधक को ? - गोरख चन्द