Latest

सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand

Image
  सामाजिक सञ्जाल आजको दिनमा केवल मनोरञ्जन वा साथीभाइसँग कुराकानी गर्ने माध्यम मात्र होइन, जीवनको विभिन्न पक्षसँग प्रत्यक्ष जोडिएको प्रविधि हो। सूचना आदानप्रदान, व्यवसाय, शिक्षा, अनुसन्धान, राजनीति र शासन प्रक्रियामा समेत यसको भूमिका दिनप्रतिदिन बढ्दो छ। यस्तो अवस्थामा सामाजिक सञ्जाल पूर्ण रूपमा बन्द गर्ने निर्णयले नेपालको समग्र संरचनामा ठूलो असर पार्छ। नेपाल जस्तो विकासशील मुलुकमा रोजगारीका अवसर सीमित छन्। युवा पुस्ता रोजगारी खोज्दै विदेश पलायन भइरहेका छन्। त्यही अवस्थामा सामाजिक सञ्जालमार्फत धेरैले प्रत्यक्ष वा अप्रत्यक्ष आम्दानी गर्ने अवसर पाएका छन्। युट्युब, टिकटक, फेसबुक र इन्स्टाग्रामबाट कमाइ गर्ने युवाको संख्या कम छैन। यी अवसरहरू रोकिँदा बेरोजगारी अझै बढ्ने सम्भावना प्रबल हुन्छ। नेपालका टेलिकम कम्पनीहरूको प्रमुख आम्दानीको स्रोत मोबाइल डेटा हो। प्रयोगकर्ताले दैनिक जीवनमा इन्टरनेट चलाउँदा सबैभन्दा बढी डेटा सामाजिक सञ्जालमा खर्च गर्छन्। यदि सामाजिक सञ्जाल बन्द गरियो भने डेटा खपत घट्छ र यसले टेलिकम कम्पनीको आम्दानीमा प्रत्यक्ष असर पार्छ। यसको परिणामस्वरूप कम्पनीहरूको लगानी गर्ने ...

समृद्धि को बाधक को ? - गोरख चन्द

बुहारी संग झर्किदै सासुमा बोल्दै " तिमी कती पनी नसुन्ने है, मैले तिमीलाई घरबाहिर जानु हुन्न भन्या हैन? अर्काको घरमा आएर पनी मनपरी गर्न जानेको हेर न।" । बुहारी बोलीन " चिसोमा लाउने लुगा लिन भनेर वहाँ संग सोधेर मात्र गएकी "। " हेर न हेर मुख मुख लागेकी आईमाई जातै यस्तो झन यी काँ बाट आइछिन सस्कार नसिकेकी " भन्दै सासु कराउदै भित्र छिरीन। बाटोमा हिडिरहेको म अक्क न बक्क भए। सोचे के यो समाज , यो देश यस्तै ब्यक्तीहरुले गर्दा बिग्रीएको त होईन? भन्ने प्रश्न मेरो मनमा उब्जियो। जादैगर्दा बाटोमा पुलिसको गाडीले साइकललाई ठक्कर दिएर एउटा बृद्ध घाइते भएको देख्दा त्यहाँ नगइ मनै मानेन । एक जना पुलिसले भन्दै थिए " गल्ती ड्राईभरको होइन तिनै बुढाको हो"। सोचे यदि सर्बसाधारणले ठोकेको भए गाडिवालाकै गल्ती भनेर भित्र ठेलिन्थ्यो। धेरै नरुकी घर हिडे, जहाँ मजाले हिड्न सकिने खुला बाटो थियो त्यहाँ सोलार बत्ती लागेका थिए र पुलिसको सुरक्षा थियो भने जहाँ अध्यारो अनि ट्यापेहरु चुरोट पिउदै गुण्डागर्दी, गाली गलौज गर्दै थिए त्यहाँ भने सुनसान र सन्नाटा छ, कसैको ध्यान छैन।

दोस्रो दिन बजार जादै गर्दा सिसि क्यामेराहरु पनि झुण्डिएको देखे, बजार मा सोलार बत्तीहरु पनि , एक जना सिसि क्यामेराको तल बसेर चुरोटमा गाँजा भर्दै थिए । मैले दाजु त्यो के गरेको सार्बजनिक ठाउँमा , अनि अहिले पुलिसले समात्छ नि वहाँले जवाफ दिनुभयो " ६ महिना भयो यसको तल बसेर खान थालेको" । त्यहाबाट नि अगाडी गए एकजनाले धन्नै बाइकले ठोकेको, के हो किन हो यसरी हतार भनेको त ; "मेरो कार्यालय ढिला भयो" भन्दै स्वरी भन्दै बाइक कुदाएर गए। मैले घडि हेर्छु त ११ बज्न लागेको थियो ।

यी त केवल मैले एकै दिन भोगेका साना तिना घटनाहरु मात्र हुन तर बिकास र समृद्धिका कुरा हरेकको मुखमा झुण्डिएको भएपनी वास्तविक कुनै न कुनै ठाउँमा हामी आफै चुकेका छौ। तर पनी राज्य भित्रका ह्वालीमुहाली र राज्य संयत्रहरुको लापरवाही र जान्दाजान्दै गरेका कयौं कुराहरुनै राष्ट्रको बिकासको बाधक बनेका छन।

अब हेर्नुस जिल्ला प्रसासन जस्तो सुरक्षित ठाउँबाट नै ब्याग र हेलमटहरु चोरी हुन्छ, पुलिसबाटै चेलिबेटीहरु जिस्काईन्छन, पढाउने मास्टरबाट नै बालिका असहज महसुस गर्छिन, स्वतन्त्र बिद्यार्थी भन्दै पार्टिको झण्डा बोक्दै हिड्छन, सासुबाटै बुहारी दुख पाउछिन, राज्यको ढुकुटि सिद्याउने कर्मचारीहरुमै देशभक्तीको भावना छैन भने के आकासबाट खसेर आउछ त समृद्धि ? ..................क्रमसः...............


Comments

Popular posts from this blog

सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand

अपाङ्गता र सरलाको मुस्कान- गोरख चन्द