सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand
यो प्रतिस्पर्धाको युगमा
सबैभन्दा बढि भ्रष्ट भनेका पढेलेखेका नै छन भनेर कुरा गर्दै हुनुहुन्थ्यो रामबिलास
दाजु। म कुरा सुनिरहेको थिए, फेरी उहाँले भन्नुभयो " यी पढेलेखेकाहरु नै गलत
काम किन गर्छन होला,के विद्यालयमा यस्तै सिकाइन्छ होला र ?" मलाइ पनी केहि
कुरा भन्न मन लागीरहेको थीयो। म नजिक गए र भने , दाजु एउटा कुरा भन्छु दुःख
नमान्नु होला है।
उहाँले भन्नु भयो भनन भाई
के दुःख मान्नु , कस्ता कस्ता कुरा सुनेर त दुःख लागेन तिम्रा कुरा पो कति कडा
होलान र त्यी पनी पचाउला नी।
खासमा उहाँ एउटा राजनिती
गर्ने मान्छे तर जनता संग भोट माग्न कहिल्यै गएनन। किनकी उहाँ भन्नुहुन्छ जनतासंग
भोट किन माग्ने ? जनताले आफ्नो लागी सोचे आफै भोट दिन्छन नी नत्र किन मागिराख्नु?
बरु जनतालाई आफ्ना रणनिती र योजना बारे जानकारी गराउने पो हो।
गएको चुनाव मा उहाँ ५० मत
मात्र कम ल्याएर पराजित हुनुभएको, तर त्यो
पचास मत पनी पचास किलो मासु र पचास सारी मात्र किनेको भए आफ्नै हुन्थ्यो, के गर्नु
पैसाको नाममा चक्लेट समेत किन्नु भएन उहाँले।
धेरै नजिककै साथिहरुले
नसुझाएको भने होईन तर उनी लहलहै भन्दा पनी आदर्शमा बिश्वास गर्नछन, अहिले सम्म
चाहेको भए काठमाण्डौमा महल बनाईसक्थे तर आफ्नै घर पनि मर्मत गर्न सकेका छैनन।
धेरैले उनलाई दिमागै नभएको नेता भनेर पनि भन्छन किनकी उनी जनताको चुलोमा आगो
नबलेको दिन चामल र दाल लगेर भएपनी मलम लगाउने काम गर्छन। चुनाव नजिते पनी गाउँमा
समस्या परेका बेला सबैले सम्झिने भनेको उहाँलाई नै हो। उनले एक दिन मलाई भन्नुभएको
थियो " अब ईमान्दारीता कतै छेम, तर एक दिन पक्कै ईमान्दारीता नचाहेर पनी आउला
। " तर त्यो ईमान्दारीता कहिले आउने
हो त्यो दिनको पर्खाईमा मै पनी बुढो हुन लागी सके ।
जे होस उहाँ मरो पनी आदर्श
हो तर पनी मैले मेरो कुरा भन्न सुरु गरे।
राजनिती राम्रो हो तर
हाम्रो देशमा राजनितीको नाममा झोले र चाप्लुसी गर्नेहरुको मात्रै दिन छ। ईमान्दार
भएर काम गर्नुस भोली मुल्याङ्कन बेईमान मान्छेको अगाडी हुन्छ, सरकारी कर्मचारी
जसले ईमान्दारीपुर्वक काम गर्छ उसको मुल्याङकन नै हुदैन तर जसले पाटिको झण्डा
बोक्छ र चाप्लुसी गर्छ उसको बढुवा र भनेको ठाँउमा सरुवाको व्यवस्था हुन्छ, शिक्षक
जसले नपढाएर पनी हेडमास्टरको चाकरी गर्छ उसको हाजीरी नआएको दिन पनी लाग्छ तर
ईमान्दारी पुर्बक काम गर्नेले सधै हेडमास्टरको किचकिच सुनीराख्नुपर्छ, करारका
कर्मचारी जसले समय समयमा कल गरेर कुरा लगाए अनी तारीफ गरे उनिहरुको मुल्याङकन
राम्रो जो आफ्नो काम मा मात्र ध्यान दिन्छ उ भने गणना भित्रै पर्दैन। खास कुरा त
के भने करारको त जागीर नै खान गार्हो, पहिले पार्टि हेरिन्छ, नभए ठुलो नेताको
नजिकको मान्छे हरिन्छ, त्यो नि नभए अलिकती तोडफोड र नारा जुलुस गर्ने खालको मान्छे
चाहिन्छ अनि मात्र जागिर खान्छ। कुनै ठाउँमा कुनै गल्तीबस राम्रो र दक्ष मान्छेले
जागीर खाईहाले पनी उसलाई त्यो जागीरलाई निल्नु र ओकेल्नु बनाईदिन्छन।
मान्छे आजभोली आफ्नो सिप र
ज्ञान बिकासमा कम र पहुच र जानपहिचान बढाउनमा बढि मिहेनत गर्छन । किनकी पढ्न भन्दा
जान पहिचान र पहुच बनाउन सजिलो छ, झन अहिले त पार्टिको नाराजुलुस र बिरोध सभामा
सहभागी भएर दुईचार लठ्ठि पुलिसको खाएपछि जागिर सय प्रतिसत नै हो।
राजनितीले यस्तो दुर्गन्ध
फेलाईदिएको छ जसलाई सफा गर्न एक पुस्ता बराबरको समय लाग्छ, त्यो पनि अबको पुस्ताले
दृढ संकल्प गरे मात्र। तर त्यो संभावना न्युन छ किनकी नुनको सोझो हुनको लागी भए
पनि बेइमानी गरेर जागीर खाएका हरु बेईमानी तब सम्म गरीरहेनेछन जब सम्म उनिहरु पदमा
आसिन छन् । त्यसैले यसको समाधानका लागी आमुल परिवर्तन हुन जरुरी छ्।
दुख त यो अर्थमा लाग्छ कि
२५ बर्ष सम्म मिहेनत गरेर पढ्यो ,आफ्नो बलबुतामा ४/५ बर्ष मिहिनेत गरेर लोकसेवा
निकाल्यो तर पनी औंठाछापहरुको जुत्ता पालिस गर्न तिर लागेको देख्दा लाग्छ अब
शिक्षालयहरु जलाउनुपर्छ, ज्ञान भन्ने कुरा नै छैन, किताबहरु त केवल गुलामी बन्ने
मन्त्र सिकाउने बस्तुमात्र हुन।
जागीर खानुछ पार्टि, बढूबा
हुनुछ पार्टि, सरुवाहुनु छ पार्टि, विदा बस्नु छ पार्टि, काज बस्नु छ पार्टि अनि
ति नियम र नियमावली अनी ऐन हरु जलाउनु पर्दैन त? यदि राम राज्य नै हो भने संबिधान र कानुन के का लागी?
खासमा भन्ने हो भने मुल्याङ्कन
भनेको केहो भन्ने कुरा समेत समेत थाहा नभएकाहरु मुल्याङ्कन गरीरहेका हुन्छन् । झन
खासमा भन्ने हो भने त जुन ब्यक्ति खास मुल्याङ्कन बाट आएकै होइन त्यै ब्यक्ति
अरुको मुल्याङ्कन गरिरहेको देख्दा हाँसो लागेर आउछ। यो दुनीया नै यस्तो हो कि मेरो
देशमा मात्रै यस्तो हो, एकान्तमा भएको बेलामा सोच्ने गर्छू। एक जना एस एल सि ४
बर्ष लगाएर कटाएपछि फाल्तु बसेको मान्छे अघिल्लो पाली वडा
अध्यक्षामा जितेको थाहा पाए, टिकट पनि कसरी
पायो भनेको त पुर्व मन्त्री उहाँको जेठानको सालाको मामा पर्ने रे। अनि उनले वडामा
अहिले आफ्नै भतिजी र पार्टि निकट एक जनालाई जागीर दिएका छन वडामा। उहाले अहिले ११
को फारम १२ को फारम भर्नु भा रै छ पास हुने फिक्स नै हो भन्दै हुनुहुन्थो।
हो यसरी हामी दिन प्रतिदिन
पछाडि पर्नुको कारण केहो भने हामी सचेत भएनौ, सचेत भएकाहरु पनी पैसामा बिक्यौ,
हामी आफ्नो कर्तव्य र बाटो बिरायौ, क्षणिक लोभ र लालचमा फस्यौ, अर्कालाई मात्र
धारे हात लगाएर आफु केहि नगरी बस्यौ, खबरदारी गर्न छौड्यौ, देखेर पनी आँखा चिम्लेर
हिड्यौ , सिपयुक्त भन्दा पनी मिठो र कोमल बोल्नेहरुलाई बिस्वास गर्यौ, असल र खराब
छुट्यान गल्ति गर्यौ, डरायौ, बोल्न सकेनौ आदी इत्यादी कुराले गर्दा देश
बर्वादीतिर धकेलिरहेको छ। अझै पनि समय गएको छैन । नेपालको मुल कानुन संबिधान मा
टेकेर ऐर, कानुन, नियम र नियमावली तथा अदालत , अख्तियार र प्रसासन जस्ता राज्यका
संयत्रहरुले जारी गरेका सम्पुर्ण निति तथानिर्देशनहरुको पालना यदि सबैले गर्ने हो
भने निश्चित रुपमा हामी समृद्ध हुन समय लाग्दैन।
म केहि बेर चुप्प लागे ।
उहाँ बोल्नु भयो " हो
यस्तो विचार भएका युवाहरु पो राजनितीमा आउनुपर्छ, सबै यसरी सकारात्मक बाटोमा लागे त विकास असम्भव किहि पनी छैन। केवल आवश्यकता छ त हातेमालो अनी ईमान्दारीताको। यहाँ त पार्टिको झोला पनी बोक्ने स्वतन्त्र
बिद्यार्थी युनियनको सदस्य पनी भन्ने भयो भने त बेकार हो । तिमी त म भन्दा नी
अगाडी रहेछौ अबको चुनाब मैले होइन तिमी जस्तो सोच भएका हरुले लड्नुपर्छ, मेरो पनी
सहयोग हुन्छ, ल अहिले म पनी लागे है बाबु , पछि भेटौला।"
म पनि ह्वस भन्दै बाटो
लागे।
गुड
ReplyDelete