Posts

Latest

सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand

Image
  सामाजिक सञ्जाल आजको दिनमा केवल मनोरञ्जन वा साथीभाइसँग कुराकानी गर्ने माध्यम मात्र होइन, जीवनको विभिन्न पक्षसँग प्रत्यक्ष जोडिएको प्रविधि हो। सूचना आदानप्रदान, व्यवसाय, शिक्षा, अनुसन्धान, राजनीति र शासन प्रक्रियामा समेत यसको भूमिका दिनप्रतिदिन बढ्दो छ। यस्तो अवस्थामा सामाजिक सञ्जाल पूर्ण रूपमा बन्द गर्ने निर्णयले नेपालको समग्र संरचनामा ठूलो असर पार्छ। नेपाल जस्तो विकासशील मुलुकमा रोजगारीका अवसर सीमित छन्। युवा पुस्ता रोजगारी खोज्दै विदेश पलायन भइरहेका छन्। त्यही अवस्थामा सामाजिक सञ्जालमार्फत धेरैले प्रत्यक्ष वा अप्रत्यक्ष आम्दानी गर्ने अवसर पाएका छन्। युट्युब, टिकटक, फेसबुक र इन्स्टाग्रामबाट कमाइ गर्ने युवाको संख्या कम छैन। यी अवसरहरू रोकिँदा बेरोजगारी अझै बढ्ने सम्भावना प्रबल हुन्छ। नेपालका टेलिकम कम्पनीहरूको प्रमुख आम्दानीको स्रोत मोबाइल डेटा हो। प्रयोगकर्ताले दैनिक जीवनमा इन्टरनेट चलाउँदा सबैभन्दा बढी डेटा सामाजिक सञ्जालमा खर्च गर्छन्। यदि सामाजिक सञ्जाल बन्द गरियो भने डेटा खपत घट्छ र यसले टेलिकम कम्पनीको आम्दानीमा प्रत्यक्ष असर पार्छ। यसको परिणामस्वरूप कम्पनीहरूको लगानी गर्ने ...

नयाँ वर्षमा भित्तमा एउटा पात्रो परिवर्तनहुन्थ्यो, केहि पुरानै गुनासाहरु..........................

Image
  "यात्रामा अक्समात उनी भेटिईन, यस्तो लाग्छ सायद जिवन सफलताको बाटोमा लैजान मलाई उनकै जरुरत थियो। पारिजातका फुलहरुले सजिएझै लाग्‍थ्यो , काडाँको विचमा फुलेको सुन्दर फुल बन्छु की जस्तो पनी लाग्‍थ्यो, कहिले काहीँ त कल्पनामा हराएर आफैलाई खोज्‍न बाहिरतिर निस्किन्थे। संयोग हो या अरु कुनै त्यो त   थाहा भएन तर मलाई उनिसंग को यात्रामा मेरा र उनका अव्यक्त भावहरुले एक अर्का संग कानेखुसी गरेझै लाग्थ्यो। म सायद उनिसंग मनका भावहरु वोलिरहेको हुन्थे तर मेरा आवाजमा ताल्चा थियो। म उनिसंग मुस्कुराइरहन्थे तर अनुहारमा देखाउन सकिरहेको थिएन, म उनिसंग जिस्किन चाहन्थे तर मेरो शब्दहरु उनिसम्म पुगिरहेका थिइनन। लुकामारी खेल्दा कहाँ एउटैको पालो आउछ र सबैले पालै पालो खेले पो रमाइलो ! म मेरो मन मोड्ने खोज्दै किताब पढ्न थाले तर मन कहाँ मान्थ्यो शब्द शब्दमा उनी देखिन्छन । सायद त्यहि भएर होला मलाई पढेको सबैकुरा याद हुन्थ्यो । मलाई लाग्थ्यो सायद उनि मेरो जिवनको सफल्ता नै हुन। पढ्दै गर्दा उनी बाहिर भित्र गर्दा मलाइ उनको अव्यक्त भावहरु बुझ्‍ने कोशिस गर्थे कति वुझे जस्तो हुन्थ्यो त   कति वुझिन्थेनन। लाग्थ्य...

गुलावको बोट मुनी उभिदैमा सुन्दर भइदैन...... ! - गोरख चन्द

Image
  "गुलावको बोट मुनी उभिदैमा सुन्दर भइदैन। सुन्दर हुन त गुलावरुपी चरित्रको आत्मसाथ गर्नुपर्छ। बोली र शब्दभित्र रस छैन मधुरता छैन भने त्यो शब्द खडेरीमा सुक्न लागेका बोटहरुझै उर्जाहीन र अर्थहीन हुन्छन। ब्यवहारमा नम्रता छैन भने सम्बन्ध फल विनाको वृक्ष जस्तै हुन्छ, जबकी नाम सबैले लिन्छन तर मन कसैले पराउदैन। पहाडका उकाली ओरालीहरु जीवनका उकाली ओरालीहरु भन्दा ज्यादै सजिला लाग्‍न थालेका छन। जब म सानो थिए म हिड्न सक्दिनथे र सोच्थे –"म ठुलो भइदिएको भए"। जब म ठूलो भए लाग्छ म सानो नै ठिक थिए। वास्तवमा समय अनुसारको परिस्थिती संग समायोजन हुनु नै जिवन हो र सोही अनुसार जिवनको रस पान गर्नु पर्छ। समय खासमा एक नासकै हुन्छ। मानव जिवनका इक्षा रआवश्यकताहरू अनुसार समय फरक जस्तो अनुभुती मात्रै हुन्छ। गलत र सही, राम्रो र नराम्रो भन्ने कुरा हरु पनी खासै संसारमा केही छैन। हेर्ने दृष्टीकोण मात्रै फरक हुन। चोरी गर्नु गलत हुन्थ्यो भने पर स्त्री सम्बन्ध गलत हुन्थ्यो भने सायद हामी कृष्ण भगवानको पुजा गर्दैनथ्यौ। भाङ धतुरो खानु गलत हुन्थ्यो भने सायद हामी शिवजीको पुजा गर्दैनथ्यौ। लडाई झगडा गर्नु गलत हुन्थ्...

राष्ट्रसेवक हुनु त यस्तो - Gorakh Chand

Image
  हरेक जनमानसको मुखमा कर्मचारी राम्रा हुदैनन भन्ने एउटा छाप बसिसकेको छ, जतिसुकै राम्रो कर्मचारी भएपनी समयमा कामै गरिदिदैनन, व्यवहार राम्रो हुदैन भनेर गुनासो गरेको सुन्नमा आउछन। हुन पनि हो कर्मचारीहरु प्राय जसो विहान अलि ढिलो आउने तर साझपख भने समयभन्दा अलि चाडै छोडीहाल्ने प्रवृती, दिउसो काम छोडेर घण्टौ गायब हुने प्रवृती तथा सेवाग्राहीहरूसंग रुखो व्यवहार गरेको उदाहरणहरु धेरै पाउन सकिन्छ। खरिदार र नासुहरु नै सोधेको कुराको जवाफ नै दिन खोज्दैनन भने अधिकृत स्तरको कर्मचारीहरुलाई त भेट्न समेत गार्हो पर्छ। खासमा जनताको सेवक भइसकेपछि जनताले खोजेको बखत जनतालाई सेवा प्रदान गराउनु राष्ट्रसेवक कर्मचारीहरूको कर्तब्य हुन आउछ। धेरैजसो कर्मचारीहरुमा लोकसेवा कटाएर आएको हुँ, कसैको नोकर हुँ र भन्ने धम्कीसमेत आउछन तर वास्तवमा कर्मचारी भनेको संविधान र कानुन बमोजिम जनताको सेवाकालागी खटिएको जनताको नोकर नै हो भन्ने कुरा चै थोरै मात्र कर्मचारीले बुझेका हुन्छन। विभिन्न समयमा विभिन्न कर्मचारीहरु संग भेट भयो, सेवा लिईयो सो अवसरमा मैले भेटेका अरु कर्मचारीहरुलाई नराम्रो त भन्दिन तर एउटा जिल्लाकै उच्च पदस्त ...

राम राज्यै नै हो भने संबिधान र कानुन के का लागी ? - गोरख चन्द

Image
यो प्रतिस्पर्धाको युगमा सबैभन्दा बढि भ्रष्ट भनेका पढेलेखेका नै छन भनेर कुरा गर्दै हुनुहुन्थ्यो रामबिलास दाजु। म कुरा सुनिरहेको थिए, फेरी उहाँले भन्नुभयो " यी पढेलेखेकाहरु नै गलत काम किन गर्छन होला,के विद्यालयमा यस्तै सिकाइन्छ होला र ?" मलाइ पनी केहि कुरा भन्न मन लागीरहेको थीयो। म नजिक गए र भने , दाजु एउटा कुरा भन्छु दुःख नमान्नु होला है। उहाँले भन्नु भयो भनन भाई के दुःख मान्नु , कस्ता कस्ता कुरा सुनेर त दुःख लागेन तिम्रा कुरा पो कति कडा होलान र त्यी पनी पचाउला नी। खासमा उहाँ एउटा राजनिती गर्ने मान्छे तर जनता संग भोट माग्न कहिल्यै गएनन। किनकी उहाँ भन्नुहुन्छ जनतासंग भोट किन माग्ने ? जनताले आफ्नो लागी सोचे आफै भोट दिन्छन नी नत्र किन मागिराख्नु? बरु जनतालाई आफ्ना रणनिती र योजना बारे जानकारी गराउने पो हो। गएको चुनाव मा उहाँ ५० मत मात्र कम ल्याएर पराजित हुनुभएको,  तर त्यो पचास मत पनी पचास किलो मासु र पचास सारी मात्र किनेको भए आफ्नै हुन्थ्यो, के गर्नु पैसाको नाममा चक्लेट समेत किन्नु भएन उहाँले। धेरै नजिककै साथिहरुले नसुझाएको भने होईन तर उनी लहलहै भन्दा पनी आदर्शमा बिश्वास ग...

समृद्धि को बाधक को ? - गोरख चन्द

Image
बुहारी संग झर्किदै सासुमा बोल्दै " तिमी कती पनी नसुन्ने है, मैले तिमीलाई घरबाहिर जानु हुन्न भन्या हैन? अर्काको घरमा आएर पनी मनपरी गर्न जानेको हेर न।" । बुहारी बोलीन " चिसोमा लाउने लुगा लिन भनेर वहाँ संग सोधेर मात्र गएकी "। " हेर न हेर मुख मुख लागेकी आईमाई जातै यस्तो झन यी काँ बाट आइछिन सस्कार नसिकेकी " भन्दै सासु कराउदै भित्र छिरीन। बाटोमा हिडिरहेको म अक्क न बक्क भए। सोचे के यो समाज , यो देश यस्तै ब्यक्तीहरुले गर्दा बिग्रीएको त होईन? भन्ने प्रश्न मेरो मनमा उब्जियो। जादैगर्दा बाटोमा पुलिसको गाडीले साइकललाई ठक्कर दिएर एउटा बृद्ध घाइते भएको देख्दा त्यहाँ नगइ मनै मानेन । एक जना पुलिसले भन्दै थिए " गल्ती ड्राईभरको होइन तिनै बुढाको हो"। सोचे यदि सर्बसाधारणले ठोकेको भए गाडिवालाकै गल्ती भनेर भित्र ठेलिन्थ्यो। धेरै नरुकी घर हिडे, जहाँ मजाले हिड्न सकिने खुला बाटो थियो त्यहाँ सोलार बत्ती लागेका थिए र पुलिसको सुरक्षा थियो भने जहाँ अध्यारो अनि ट्यापेहरु चुरोट पिउदै गुण्डागर्दी, गाली गलौज गर्दै थिए त्यहाँ भने सुनसान र सन्नाटा छ, कसैको ध्यान छैन। दोस्रो दिन ब...

Develop Yourself - Gorakh Chand

Image
    We can't only move forward by blaming others for everything. Those who are unable to work are anxious to be employed, while those who are employed are anxious to survive. But we will only succeed if we are able to carry out our work honestly in spite of difficult circumstances. The rest of the time should be spent on being studious rather than playing many things in mind. You don't have to work hard to get a job, you can only get a job if you continue your study 6 months without gaping.   What is the demand of the time? What is the essence of the modern era? We all say Development of the nation Or prosperity of the nation. But we don't know how it can be gained. Only political party and their members can not make a nation strong. To be a strong nation many other  aspects are needed. So that politics is one of them. So education and the skills we have plays vital role in the development of nation. Every moment of our life is golden moment. The doo...