सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand
हरेक जनमानसको मुखमा
कर्मचारी राम्रा हुदैनन भन्ने एउटा छाप बसिसकेको छ, जतिसुकै राम्रो कर्मचारी भएपनी
समयमा कामै गरिदिदैनन, व्यवहार राम्रो हुदैन भनेर गुनासो गरेको सुन्नमा आउछन। हुन
पनि हो कर्मचारीहरु प्राय जसो विहान अलि ढिलो आउने तर साझपख भने समयभन्दा अलि चाडै
छोडीहाल्ने प्रवृती, दिउसो काम छोडेर घण्टौ गायब हुने प्रवृती तथा सेवाग्राहीहरूसंग
रुखो व्यवहार गरेको उदाहरणहरु धेरै पाउन सकिन्छ।
खरिदार र नासुहरु नै सोधेको
कुराको जवाफ नै दिन खोज्दैनन भने अधिकृत स्तरको कर्मचारीहरुलाई त भेट्न समेत
गार्हो पर्छ। खासमा जनताको सेवक भइसकेपछि जनताले खोजेको बखत जनतालाई सेवा प्रदान
गराउनु राष्ट्रसेवक कर्मचारीहरूको कर्तब्य हुन आउछ।
धेरैजसो कर्मचारीहरुमा लोकसेवा
कटाएर आएको हुँ, कसैको नोकर हुँ र भन्ने धम्कीसमेत आउछन तर वास्तवमा कर्मचारी
भनेको संविधान र कानुन बमोजिम जनताको सेवाकालागी खटिएको जनताको नोकर नै हो भन्ने
कुरा चै थोरै मात्र कर्मचारीले बुझेका हुन्छन।
विभिन्न समयमा विभिन्न
कर्मचारीहरु संग भेट भयो, सेवा लिईयो सो अवसरमा मैले भेटेका अरु कर्मचारीहरुलाई
नराम्रो त भन्दिन तर एउटा जिल्लाकै उच्च पदस्त व्यक्ति ले एउटा सर्वसाधारण
व्यक्तिका गुनासो, समस्या र कुराहरू सुनिदिने उदाहरण चै मैले मेरै अगाडी एक दिन होइन
, दुई दिन होइन सदा झै देखेर साच्चै आफ्नो पदको कुनै घमण्ड नगरी दिन रात सेवामा
खट्ने उच्च पदस्त कर्मचारी पनी हुदारहेछन भन्ने आभास भयो।
एउटा कुशल राष्ट्रसेवक,
नेतृत्व क्षमता, वोध्दिक व्यक्तित्व, कुशल प्रशासक, लेखक, प्रशिक्षक साथै बहुमुखि
प्रतिभाका धनी उहाँ अछाम जिल्लाको प्रमुख जिल्ला अधिकारी हुदाँ वच्चा देखि बृद्ध
सम्म नचिन्ने सायदै भेटिन्छन। उहाको वोल्ने अनि काम गर्ने सैलीको त म फ्यान नै हो।
कञ्चनपुरमा सहायक प्रमुख जिल्ला अधिकारी रहदा पनि उहाँले कन्चनपुर वासिहरुमा आफ्नो
छाप नछोडेको होईन, उहाले गर्नुभएका कार्यहरुमा प्रश्न चिह्न सायदै उठ्लान। किनकी सक्रिय
भएर कार्य फत्ते गर्ने राष्ट्रसेवक मा हुनुपर्ने सवै गुणहरु बोकेका उहाँको
मुल्यांकन त मैले गर्ने सक्दिन तर जे देखे त्यो मात्रै मैले अक्षरसः उतार्ने
प्रयास गरेको मात्र हुँ।
अन्य कर्मचारीहरू भन्दा
अगाडी नै भनौ या कार्यालय सहयोगी भन्दा समेत छिटो कार्यालय छिर्ने र ५ कहिले बज्ला
भनेर घडि हेर्नुको साटो अवेर सम्म पनी सेवा दिन कत्तिपनी नहिच्किचाउने उच्च पदस्त
कर्मचारीहरु मध्ये एक उदाहरणीय बन्न सफल व्यक्तित्व हुनुहुन्छ उहाँ।
सधै व्यस्त मात्र देखिने
सिडियोहरूका भीडमा को ठूलो को सानो भन्दा पनी वास्तविक पिडितका समस्या र गुनासाहरु
स्वयं नै सुन्ने समय समेत व्यवस्थापन गर्न सक्ने वास्तविक राष्ट्रसेवक भन्दा फरक
पर्दैन उहाँलाई। हरेक समस्या, ठाऊ, परिवेस, घटना र परिघटनाहरुलाई दुरुस्तै टिपोट
गरीहाल्ने खुविभएका उहाँले गर्नुपर्ने कार्य भोली होईन आजै गर्नुपर्छ भन्ने नारा
नै बोकेर हिड्नुहुन्छ।
खास गरी सिडियो भएर
सर्वसाधारणहरु संग मजाले फोनवाटै पनी समस्य एवं गुनासो सुनीदिने, समाधानका लागी
पहल गर्ने र गराउने एक मनकारी व्यक्तित्व हुनुहुन्छ उहाँ। धेरै ठाउमा खरिदार लाइ
नै फोन गर्दा समेत फोन उठदैन तर उहाँ ले कहिल्यै म ठुलो मान्छे हो भन्ने आभास काम
बाट गराउनुहुन्थ्यो तर फोन न उठाएर होइन। एक दिन अचानकज विशेष कामका शिलसिलामा मनमा
कुरा खेल्न थालेपछि फोनगरी सोध्न मन लागीहाल्यो। घडि हेरे रातीको १२ : २० भइसकेको थियो।
नम्बर डायल गरे फोन लाग्यो। अनि रिसिभ गर्दै सिधै भन्नुभयो " के थियो समस्या
भन्नु त"। मैले डिस्टर्व त भएन हजुरलाई ? उहाले जवाफ दिनुभयो " समस्या
नै भएपछि त डिस्टर्व त सानो कुरो हो नी "। यो त उदाहरण मात्र थियो, सिडियो
भएर पनि कल टाइम मै रिसिभ गरेर प्रत्यक्ष रुपमा जनताका समस्या सुनिदिने बिरलै
मध्ये एक हुनुहुन्छ उहाँ। त्यसैले त होला उहाँलाई मैले कदापी पनी राष्ट्रसेवक
अलावा केहि देखिन।
सिडीयो भएर हरेक
कर्मचारीहरुसंग समेत प्रेमील एवं सहपाठीजस्तै व्यवहार गर्ने उहाँ परिस्थिती बमोजिम
भन्दा पनी सधै एकै प्रकारको स्थिर स्वभाव, न धेरै बोल्ने न धेरै चुप बसिरहने ,
हरेकका समस्या नियाल्न सक्ने खुबिभएका एक वोद्धिक व्यक्तित्व हुनुहुन्छ।
उहाँ एक कुशल प्रशासक मात्र
नभएर कुशल लेखक समेत हुनुहुन्छ, लोकसेवा सम्वन्धिका किताव लगायत समसामयीक विषयमा
आफ्नो कलम चलाउनु हुन्छ। उहाँका लेखहरु सार्है जिवन्त लाग्छन अझै पढौ पढौ लाग्ने।
उहाल लेखेका लोकसेवा सामग्रीहरु समेत एकदमै चर्चित रहेका छन, उहाँले वेला बेला
आफ्नो फेसबुक पेज बाट बिभिन्न खोजमुलक एवं समसामयीक जानकारी समेत अपडेट गरिहनुहुन्छ।
यतीमात्रै होएन उहाले लोकसेवा पारखीहरुका लागी प्रशिक्षण समेत दिनुहुन्छ, सार्है
मिठो एबं सुनौ सुनौ लाग्ने भाषासैली त्यसमा सटिक विषयवस्तुको पस्तुतीकरण उहाँको
विशेषता हो। उहाँका लोकसेवा सम्वन्धि महत्वपुर्ण जानकारीहरू यूटुव मार्फत समेत
विषयवस्तुहरु भिडियोको रुपमा प्राप्त गर्न सकिन्छ।
वहुमुखि प्रतिभाका धनि वेला
वला मोवाइल गेम समेत खेलिरहनुहुन्छ, प्रकृतीप्रेमी एवं भ्रमण गर्न एवं हरेक
भुगोलको ज्ञान पाउन र बाड्न सौखिन छन। उहाँ जसरी कुशल प्रशासक (राष्ट्रसेवक)
हुनुहुन्छ, त्यस्तै समय व्यवस्थापनमा पनी त्यतिकै ख्याल गर्नुहुन्छ।
उहाँले के के कार्य गर्नु भयो भनेर त म यो सानो लेखमा अटाउन सक्दिन तर अछाम मा रहँदा नागरिकता वितरण मा सर्वसाधारणको लागी सहजता एवं छाउपडी कुप्रथाको अन्त्यका लागी डटेेर लाग्नुभयो, यसका साथै पार्दर्शिता र स्वच्छताका लागी अनुगमन कार्य लाई कडाईका साथ लागु गरेको कुराले सर्वसाधारण मा प्रत्यक्ष अनुभुती गर्न सकिने कार्य मध्येका हुन।
मैले देखेको कर्तव्यनिष्ठ,
समयनिष्ठ, पद र जागीरको घमण्ड भन्दापनी जनताको सेवकको रुपमा कार्य गर्न सक्षम,
सवैका प्रिय, लेखक, प्रशिक्षक, अध्ययनशील,प्रकृतीप्रेमी, फ्र्याङ्क, वौद्धिक
व्यक्तित्व उहाँको नाम हो गोकर्ण प्रसाद उपाध्याय ( हालः धादिङ जिल्लामा सहायक
प्रमुख जिल्ला अधिकारी) ।
Comments
Post a Comment