Posts

Showing posts from September, 2020

Latest

सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand

Image
  सामाजिक सञ्जाल आजको दिनमा केवल मनोरञ्जन वा साथीभाइसँग कुराकानी गर्ने माध्यम मात्र होइन, जीवनको विभिन्न पक्षसँग प्रत्यक्ष जोडिएको प्रविधि हो। सूचना आदानप्रदान, व्यवसाय, शिक्षा, अनुसन्धान, राजनीति र शासन प्रक्रियामा समेत यसको भूमिका दिनप्रतिदिन बढ्दो छ। यस्तो अवस्थामा सामाजिक सञ्जाल पूर्ण रूपमा बन्द गर्ने निर्णयले नेपालको समग्र संरचनामा ठूलो असर पार्छ। नेपाल जस्तो विकासशील मुलुकमा रोजगारीका अवसर सीमित छन्। युवा पुस्ता रोजगारी खोज्दै विदेश पलायन भइरहेका छन्। त्यही अवस्थामा सामाजिक सञ्जालमार्फत धेरैले प्रत्यक्ष वा अप्रत्यक्ष आम्दानी गर्ने अवसर पाएका छन्। युट्युब, टिकटक, फेसबुक र इन्स्टाग्रामबाट कमाइ गर्ने युवाको संख्या कम छैन। यी अवसरहरू रोकिँदा बेरोजगारी अझै बढ्ने सम्भावना प्रबल हुन्छ। नेपालका टेलिकम कम्पनीहरूको प्रमुख आम्दानीको स्रोत मोबाइल डेटा हो। प्रयोगकर्ताले दैनिक जीवनमा इन्टरनेट चलाउँदा सबैभन्दा बढी डेटा सामाजिक सञ्जालमा खर्च गर्छन्। यदि सामाजिक सञ्जाल बन्द गरियो भने डेटा खपत घट्छ र यसले टेलिकम कम्पनीको आम्दानीमा प्रत्यक्ष असर पार्छ। यसको परिणामस्वरूप कम्पनीहरूको लगानी गर्ने ...

सरला, अपाङ्गता र हाम्रो समाज

सरला, अपाङ्गता र हाम्रो समाज : –गोरख चन्द उनले मनको कुरा कहिल्यै खोलिनन, किनकी उनले संसारमा दुख पोखेर केवल दुःख साथ दिएजस्तो मात्र गर्ने र पछाडीबाट हाँसो र मजाकमा उडाउनेहरुलाई राम्ररी चिनेकी थिईन । अरु जस्तै सामान्य छु भन्ने कुराको उदाहरण बनेकी सरला आजभोली कहिले काँहि म संग चिया गफ संगै रमाईलो गर्छिन र कहिले काहि मनको कुरा पोख्‍न सम्म साथी […]

सु प विश्वविद्यालय, हाम्रो गौरव - Gorakh Chand

Image
  विरोधकै लागी विरोध गर्ने हो भने केहि पनि सम्भव छैन तर यदि कुनै पनी कुराको गहिरिएर अध्ययन गर्ने हो भने नकारात्म मात्रै होइन सकारात्मक पाटोलाई पनी नियाल्नु जरुरी छ। तर समाज र परिस्थिती लाई दोषी बनाएर आफु उम्कन खोज्नु पनी कायरता नै हो। आजभोली समाजमा आफु पनी केहि गर्न नसक्ने र अरुलाई पनी केहि गर्न नदिनेहरुको बिगबिगी छ। त्यसलाई चिरफार गरेर मात्र समुन्नत समाजको परिकल्पना सम्भव छ। कुरा बिश्वविद्याल, सुन्दर सुदुरपश्चिम भोगौलीक सुन्दरताको धनी प्रदेश, देवी देवता को वासस्थान मानसखण्ड का नामले समेत शाश्त्रहरुमा उल्लेख यो प्रदेश हिमाल पहाड र तराई लाई समेटेर बनेको छ। बिभिन्न जात जाती र भाषा भाषीहरुको संगम यो प्रदेश आफैमा एउटा बगैचा हो, रम्न जान्नेहरुका लागी। प्रकृतीले समेत नछोड्ने यो प्रदेश मानब जातीलाई मन नपर्ने कुरै भएन तर यसको सुन्दरताले गर्दा सबै मान्छेहरु चिडेको आभास हुन्छ। यो प्रदेशलाई देवताले देखे , शाश्त्रले लेखे तर निती र नेताले मात्र देखेन। अनदेखा गर्दा गर्दै पनी राज्यले चाहेर या नचाहेर कयौ कामहरु राम्रा पनी गरिदिएको छ। जसमध्ये सुदूरपश्चिमाञ्चल बिश्वबिद्यालको स्थापना पनी एक हो।...

Master of Education (M.Ed) Programme in Special Needs

 

खुलेर हास्‍ने प्रतिक्षामा......... - Gorakh Chand

Image
  मन कोमल भएरै त होला नी जहिले नी अरुको भलो चाहने, पत्थर दिल भएका हरु त आफ्नैको पनी ज्यान लिन डराउदैनन् । दिल त दियो भगवानले तर दिलमा प्रोग्रामीङ गर्न बाकी रहेछ। ईन्टरफेस मात्र भएको यो दिलभित्र फङसनको लागी प्रोग्रामीङ गर्न बाकी छदै मेरो मा एसेम्बल गरिदिएछ। वास्तवमा भष्ट्राचारी भगवान हुनुपर्छ यो सब गर्ने। सबै भगवान राम्रै हुन्छन भन्न पनी त हुदैन नी यो जमानामा ईन्द्र भगवानका पक्षका त खुब भष्ट्राचार र घुसखोरी मा होलान नी, तर प्रतिपक्षको केहि चल्दैन। दुई चार भुत पिसाचको साथ लिएर बढिमा एक दुई बैठक अबरुद्ध गर्ने मात्र त होलान नी।......... यस्तै यस्तै उटपट्याङ जस्तो लाग्‍ने तर यथार्थ कुरा गरेर चिया पिई सकेपछि हिडिहाल्नु हुन्थ्यो मामा जी। मैले मामा जी किन भने भनेर सबैले संका गर्लान तर मैले मात्र होइन उनी सबैका मामा जी हुनुहुन्छ। देख्‍ने जति सबैले मामा जी मात्र भने हात उठाएर सम्बोधन गरिहाल्नुहुन्छ। भेट हुनुमात्र पर्छ गीता देखी नयाँ उपन्यास सम्मको ज्ञान बाड्न कहिल्यै कन्जुस्याँइ गरेनन्। तर जे जती कुरा गरे पनी हासेको भने कहिल्यै देखेको थिएन। त्यसैले पनी होला उनका उट्पट्याङ जस्ता कुरा हरु ...

बिशेष शिक्षा र सरकारी पहल - Gorakh Chand

Image
सबै कुराको परिवर्तन हुन जरुरी छ, तब मात्र देशले अग्रगामी छलाङ मार्न सक्छ। तर सबै कराको परिवर्तन ब्यक्ति र समाजको चेतना स्तरमा भर पर्दछ। तर व्यक्तिको चेतना स्तर केवल शिक्षाबाट मात्र बिकास गर्न सकिन्छ। जुन देशको शिक्षा निति राम्रो छ सो देशले फड्को मारेको उदाहरण हामी प्रष्ट रुपमा देख्न सक्छौ। तर शिक्षा नितिले सामान्य बालबालीकाहरुलाई मात्र होइन विशेष बालबालिका हरुलाई पनी समेट्न सक्नुपर्छ।   बिशेष गरी अपांगता भएका बालबालीका हरुलाई समेट्ने प्रयास गर्न जरुरी देखीन्छ। हरेक प्रकारका अपांगतालाई चिनेर सोहि अनुसारको शिक्षा जब सम्म प्रदान गर्न सकिदैन, तब सम्म देश पनी स्व -निर्भर हुन सक्तैन। किनकी शिक्षा नै हरेक विकासको जननी हो। तर अपाङगता भन्दैमा एउटा बिद्यालय खोलेर ४ जना शिक्षक नियुक्त गरी पढाउन सक्ने अवस्था भने छैन। त्यसको लागी सरकारी निति देखी कार्यान्वयन सम्म ठुलो प्लानीङको एवं आर्थिक श्रोतको आवश्यकता पर्छ। जसले एकै मात्र होइन सबैखाले अपांगता भएका बालबालीकाहरुलाई समेट्न सकोस। अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन , २०७४ को अनुसूची (दफा ३ को उपदफा १ सँग सम्बन्धित) अपाङ्गताको परि...

अपाङ्गता र सरलाको मुस्कान- गोरख चन्द

Image
  उनले मनको कुरा कहिल्यै खोलिनन, किनकी उनले संसारमा दुख पोखेर केवल दुःख साथ दिएजस्तो मात्र गर्ने र पछाडीबाट हाँसो र मजाकमा उडाउनेहरुलाई राम्ररी चिनेकी थिईन। अरु जस्तै सामान्य छु भन्ने कुराको उदाहरण बनेकी सरला आजभोली कहिले काँहि म संग चिया गफ संगै रमाईलो गर्छिन र कहिले काहि मनको कुरा पोख्‍न सम्म साथी बनेका छौ। उनी भन्छिन " सबैकुरा हामीमा निर्भर गर्छ , के ठिक के बेठीक भनेर !" उनी महिला म पुरुष तर उनले महिला भएकोमा कहिल्यै गुनासो गरिनन, तर म भने बेला बेला परिवार पाल्नु छ भनेर आफुलाई पृथ्वी नै धाने जसरी गुनासो पोख्थे तर उनी हासेर भन्थिन " तपाई केवल सुख खोज्नुहुन्छ !" तर मैले प्रतिप्रश्न गरेभने उनी मुस्स हासेर चुप लाग्थीन । एक दिन उनी आउदै गर्दा बैसाखी टुटे पछी मलाई कल गरेर भनिन, आज बेलुकी भेटम है । मैले स्विकार गरे । बेलुकी उनलाई भेट्दा उनले भनीन आज म अफिस जान सकेन त्यसैले मलाई कस्तो नराम्रो लागीरहेछ । भोली सर लाई के जवाफ दिने भनेर सोचिरहेछु । केहि उपाय बताउनु न । मैले जवाफ दिए " सिम्पल, वैशाखी टुट्यो" । तर उनले त्यो कुरा आफ्नो व्यक्तिगत समस्या भएकोले भन्न न...