सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand
विरोधकै लागी विरोध
गर्ने हो भने केहि पनि सम्भव छैन तर यदि कुनै पनी कुराको गहिरिएर अध्ययन गर्ने हो
भने नकारात्म मात्रै होइन सकारात्मक पाटोलाई पनी नियाल्नु जरुरी छ। तर समाज र
परिस्थिती लाई दोषी बनाएर आफु उम्कन खोज्नु पनी कायरता नै हो। आजभोली समाजमा आफु
पनी केहि गर्न नसक्ने र अरुलाई पनी केहि गर्न नदिनेहरुको बिगबिगी छ। त्यसलाई
चिरफार गरेर मात्र समुन्नत समाजको परिकल्पना सम्भव छ।
कुरा बिश्वविद्याल,
सुन्दर सुदुरपश्चिम भोगौलीक सुन्दरताको धनी प्रदेश, देवी देवता को वासस्थान
मानसखण्ड का नामले समेत शाश्त्रहरुमा उल्लेख यो प्रदेश हिमाल पहाड र तराई लाई
समेटेर बनेको छ। बिभिन्न जात जाती र भाषा भाषीहरुको संगम यो प्रदेश आफैमा एउटा
बगैचा हो, रम्न जान्नेहरुका लागी। प्रकृतीले समेत नछोड्ने यो प्रदेश मानब जातीलाई
मन नपर्ने कुरै भएन तर यसको सुन्दरताले गर्दा सबै मान्छेहरु चिडेको
आभास हुन्छ।
यो प्रदेशलाई देवताले
देखे , शाश्त्रले लेखे तर निती र नेताले मात्र देखेन। अनदेखा गर्दा गर्दै पनी
राज्यले चाहेर या नचाहेर कयौ कामहरु राम्रा पनी गरिदिएको छ। जसमध्ये
सुदूरपश्चिमाञ्चल बिश्वबिद्यालको स्थापना पनी एक हो।
सुदूरपश्चिमाञ्चल
विश्वविद्यालय स्थापना काल मा द्रुत गतिमा कार्य गरे पनी बिस्तारै विकासको गती कम
भएको सहजै अनुमान गर्न सकिन्छ। प्रथम उपकुलपतीका रुपमा विद्वान एवं शिक्षा
क्षेत्रका मुर्धन्य व्यक्तित्व प्रा.डा. जयराज अवस्थी नियुक्त हुनुभयो । स्थापना
कालकै डिजाईन र प्लान गरीएका बाहेक अहिले सम्म कुनै नयाँ प्रगती हुन सकेको छैन।
स्नातक चलिरहेका कार्यक्रमहरुको स्नातकोत्तर समेत चलाउन नसक्ने विश्वविद्यालयका
रुपमा परिणत हुन पुगेको छ। उहाँले जुन गतिमा विश्व विद्यालय लाई अगाडी वढाउनु भयो
, सह्रानीय नै लिन सकिन्छ तर विस्तारै विभिन्न राजनितीक खिचातानी र प्रतिसोध भनौ
या अज्ञानता , विश्वविद्यालय विकासमा अवरोध खडा हुदै गए। प्रा.डा. जयराज अवस्थी
आफ्नो कार्यकाल सकेर गईसकेपछि विश्वविद्यालयको नयाँ अध्याय सुरु भयो। नयाँ
उपकुलपती भुषण श्रेष्ठ नियुक्त हुनुभयो।
तर परिकल्पना गरेभन्दा ठिक विपरीत विश्वविद्यालय बिकास भन्दा पनी भएकै
कार्यक्रम पनी उपयुक्तरुपमा नचल्न सक्नु, तालाबन्दी र हड्ताल ले स्थान पाउनु जस्ता
कुराले बिश्वविद्यालयको अवस्था सुधार हुन सकेन। चाहे त्यो उपकुलपतीको असफलता होस
या उहाँलाई राजनितिक प्रतिसोधकै कारण काम गर्न नदिनु थियो , जे भएपनी उपकुलपतीले
सो कार्यलाई चिरेर अगाडी बढ्न सक्नु भएन।
हुन त विश्वविद्यालय
बनाउने र बिगार्ने कार्य उपकुलपतीको हातमा मात्रै छैन। सरकार, वि वि अनुदान आयोग,
विश्वविद्यालय सेवा आयोग, राजनीतिक दल, प्राध्यापक , कर्मचारी , विद्यार्थी आदी
सबैको उतिक्कै भुमिका रहन्छ । तर प्रत्यक्ष रुपमा उपकुलपती , डिन एवं
प्राध्यापकहरुको भुमीका नै शैक्षिक हिसाबले महत्वपुर्ण स्थान रहन्छ। तर विज्ञता
भन्दा पनी राजनितिक विचारधाराका रुपमा उपकुलपती तथा डीन नियुक्त हुनु, विना
विज्ञापन र प्रतिस्पर्धा , कर्मचारी तथा प्रध्यापक हरुको नियुक्तिगर्नु
जस्ता कुरा विश्वविद्यालय बिकासका वाधक हुन भन्दा फरक पर्दैन।
सुरवाती चरण भएकाले केही
कमिकम्जोरीहरु जहाँपनी हुन्छन तर त्यी कमीकमजोरीहरुवाट पाठ नसिक्नु चाहिँ कदापी
राम्रो होईन। बिभिन्न प्रकृयागत कुराहरुमा बखेडा झिकेर तालाबन्दी गर्दै हिड्नु न
विद्यार्थीहरुलाई सुहाउछ न प्राध्यापकहरुलाई । समस्याको समाधान गर्ने रचनात्मक
भुमीका नखेल्न सक्नु नै विश्वविद्यालय विकासमा अवरोध देखापरेको हो।
वास्तवमा
विश्वविद्यालयले अनुसन्धान का क्षेत्रमा उल्लेख्य भुमिका खेल्नुपर्नेहो तर हाम्रो
विश्वविद्यालय अझै पछाडि नै छ। विशेष गरी
प्राध्यापकहरुले आफ्नो कमाउने भाँडो मात्र नबनाएर, आफ्नो मात्र विकास नसोचेर समग्र
विश्वविद्यालयको विकासका लागी सोचे निश्चित रुपमा हामी अन्तर्राष्ट्रिय स्तरमा
आफ्नो पहिचान बनाउन सक्छौ तर विद्यार्थी मुल्याङ्न मै पक्षवाद, आग्रह र
पुर्वाग्रह, विद्यार्थी प्रती प्रतिसोधको भावना लिएर बनपना देखाउने कथित
प्रध्यापकहरुको समेत कमि छैन । विश्वविद्यालमा जागीर खाने तर वोर्डिङ स्कुलको विज्ञापन गर्ने हरुवाट पनी केहि अनुमान गर्न सकिन्छ। तर यसो भन्दै गर्दा राम्रा, बिज्ञ र अनुभवी
प्राध्यापक नभएका होइनन, तर उनिहरुलाई काम नगर्न दिइएको पनी हुनसक्छ।
विद्यार्थीले तालाबन्दी
र नाराजुलुस गर्ने मात्र ठाउँ होइन। अध्ययन का साथै
खोज र अनुसन्धान गर्ने तर्फ पनी सोच्न जरुरी छ। मास्टर्सको परीक्षामा समेत चिट
चोर्न आतुर विद्यार्थीले भोली के प्रतिफल देला । यो सोच्न जरुरी छ भने
कर्मचारीहरुले हाजीर मात्र लगाउन वि वि नगई जिम्मेवारी वहन गरिदिए हाम्रो
विश्वविद्यालय साच्चिकै राम्रो हुन समय लाग्दैन।
जे होस यी यावत
समस्याहरु समस्या होइनन। यिनीहरुलाई समाधान चुट्कीमा गर्न सकिन्छ तर माथिल्लो
निकाय यसका लागी तयार हुनुपर्छ। अहिले लामो समयपछिको खिचातानी पछि विश्वविद्यालयले
उपकुलपतीका रुपमा विद्वान व्यक्तित्व प्रा.डा. अम्मर राज जोशी लाई पाएको छ। यदि
अहिले पनी वि वि लाई सकारात्मक दिशामा अगाडि बढाउन सकेनौ भने हामी कदापी केहि गर्न
सक्ने छैनौ।
कोरोना कहर संगै विभिन्न
चुनौतीहरु त छन नै तर पनी व्यवस्थापकिय रुपमा जुन कार्य अहिले भईरहेको छ , यो
सह्रानीय नै छ। तर आउदा दिनमा यती मा सिमीत रहेर मात्रै विश्वविद्यालय बन्ने
स्थीतीमा छैन। विश्वविद्यालयलाई परम्परागत रुपमा होइन, एक अन्तर्राष्ट्रीय
मान्यताका आधारमा अगाडी बढाउन जरुरी छ। अहिले हामीले आफ्नै विद्यार्थीहरुको मन
जित्नसक्ने अवस्थामा छैनौ भने विदेशी विद्यार्थीहरुलाई कसरी लोभ्याउन सक्छौ।
त्यसैले अव हाम्रो तारगेट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा हुनुपर्छ ।
अव ,सबै कार्यक्रमका
स्नातकोत्तर सम्मका पढाइ का साथै इन्जीनियरीङका थप कार्यक्रम एवं एम फिल र पिएच डि
का कार्यक्रम का लागी तत्काल पहल गरी संचालन मा ल्याउनुपर्छ। चिकित्सा शाश्त्रको
पढाइको लागी पनी अध्ययन गरी सुचारुका लागी प्लान गरीनुपर्छ। विश्वविद्यालय लाई
विदेशी विश्वविद्यालयहरु संग समन्वय र सहकार्य गरी जनशक्ती एवं ज्ञान साटासाट
गर्ने वातावरण मिलाउन ढिलाई गर्नुहुन्न। नयाँ नयाँ कुराहुरको लागी कम्तिमा सबै तह
र सेमेस्टर हरुमा कम्तिमा एक पटक साप्ताहिक विज्ञहरुबाट सेमिनार हरुको आयोजना गरी
सिकाई मजुबुत बनाउन सहयोग गर्नुपर्छ। विश्वविद्यालयमा चलिरहेकै कार्यक्रमहरुको
प्रमोसनका लागी विज्ञापन तथा बिभिन्न कार्यक्रम आयोजना गरीनुपर्छ। विश्वविद्यालयमा
चलिरहेको विशेष आवश्यकता शिक्षा कार्यक्रमलाई अझै व्यवस्थीत गरी समावेशी शिक्षाका
लागी विश्वविद्यालयले अन्तर्राष्ट्रिय स्तरको पहिचानका लागी लाग्नु जरुरी छ।
अहिलेको परिस्थीमा विशेष आवश्यकता भएका र विद्यालय शिक्षा पाइसकेकाहरुलाई मध्यनजर गरी उनिहरुको उच्च शिक्षाको ढोका खोल्ने प्रारम्भ पनि यो विश्वविद्यालयले नमुनाका रुपमा अगाडी बढाउनु , नव नियुक्त
उपकुलपती प्रा .डा. अम्मर राज जोशी ज्यु को प्राथमीकतामा पर्नुपर्छ।
जे होस , यदि दृढ
ईक्षाशक्ति र संकल्प भएमा नहुने भन्ने केहि छैन। विरोध मात्रै होइन रचनात्मक रुपमा
सबैको सहयोग हुन जरुरी छ। विशेष गरी राजनितीक दलहरुले वि वि विकासका लागी एक
ढिक्का भइ वि वि विकासका लागी अग्रसर हुन जरुरी छ। किनकी यो हाम्रो धरोहर हो यसलाई
विश्वजगतमा चिनाए हामी पनी विश्व जगतमा चिनिन्छौ।
Comments
Post a Comment