Latest

सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand

Image
  सामाजिक सञ्जाल आजको दिनमा केवल मनोरञ्जन वा साथीभाइसँग कुराकानी गर्ने माध्यम मात्र होइन, जीवनको विभिन्न पक्षसँग प्रत्यक्ष जोडिएको प्रविधि हो। सूचना आदानप्रदान, व्यवसाय, शिक्षा, अनुसन्धान, राजनीति र शासन प्रक्रियामा समेत यसको भूमिका दिनप्रतिदिन बढ्दो छ। यस्तो अवस्थामा सामाजिक सञ्जाल पूर्ण रूपमा बन्द गर्ने निर्णयले नेपालको समग्र संरचनामा ठूलो असर पार्छ। नेपाल जस्तो विकासशील मुलुकमा रोजगारीका अवसर सीमित छन्। युवा पुस्ता रोजगारी खोज्दै विदेश पलायन भइरहेका छन्। त्यही अवस्थामा सामाजिक सञ्जालमार्फत धेरैले प्रत्यक्ष वा अप्रत्यक्ष आम्दानी गर्ने अवसर पाएका छन्। युट्युब, टिकटक, फेसबुक र इन्स्टाग्रामबाट कमाइ गर्ने युवाको संख्या कम छैन। यी अवसरहरू रोकिँदा बेरोजगारी अझै बढ्ने सम्भावना प्रबल हुन्छ। नेपालका टेलिकम कम्पनीहरूको प्रमुख आम्दानीको स्रोत मोबाइल डेटा हो। प्रयोगकर्ताले दैनिक जीवनमा इन्टरनेट चलाउँदा सबैभन्दा बढी डेटा सामाजिक सञ्जालमा खर्च गर्छन्। यदि सामाजिक सञ्जाल बन्द गरियो भने डेटा खपत घट्छ र यसले टेलिकम कम्पनीको आम्दानीमा प्रत्यक्ष असर पार्छ। यसको परिणामस्वरूप कम्पनीहरूको लगानी गर्ने ...

नयाँ वर्षमा भित्तमा एउटा पात्रो परिवर्तनहुन्थ्यो, केहि पुरानै गुनासाहरु..........................

 

"यात्रामा अक्समात उनी भेटिईन, यस्तो लाग्छ सायद जिवन सफलताको बाटोमा लैजान मलाई उनकै जरुरत थियो। पारिजातका फुलहरुले सजिएझै लाग्‍थ्यो , काडाँको विचमा फुलेको सुन्दर फुल बन्छु की जस्तो पनी लाग्‍थ्यो, कहिले काहीँ त कल्पनामा हराएर आफैलाई खोज्‍न बाहिरतिर निस्किन्थे। संयोग हो या अरु कुनै त्यो त  थाहा भएन तर मलाई उनिसंग को यात्रामा मेरा र उनका अव्यक्त भावहरुले एक अर्का संग कानेखुसी गरेझै लाग्थ्यो। म सायद उनिसंग मनका भावहरु वोलिरहेको हुन्थे तर मेरा आवाजमा ताल्चा थियो। म उनिसंग मुस्कुराइरहन्थे तर अनुहारमा देखाउन सकिरहेको थिएन, म उनिसंग जिस्किन चाहन्थे तर मेरो शब्दहरु उनिसम्म पुगिरहेका थिइनन।

लुकामारी खेल्दा कहाँ एउटैको पालो आउछ र सबैले पालै पालो खेले पो रमाइलो ! म मेरो मन मोड्ने खोज्दै किताब पढ्न थाले तर मन कहाँ मान्थ्यो शब्द शब्दमा उनी देखिन्छन । सायद त्यहि भएर होला मलाई पढेको सबैकुरा याद हुन्थ्यो । मलाई लाग्थ्यो सायद उनि मेरो जिवनको सफल्ता नै हुन। पढ्दै गर्दा उनी बाहिर भित्र गर्दा मलाइ उनको अव्यक्त भावहरु बुझ्‍ने कोशिस गर्थे कति वुझे जस्तो हुन्थ्यो त  कति वुझिन्थेनन। लाग्थ्यो उनको र मेरो अव्यक्त भावहरु लुकामारी खेलिरहेका छन र एक न एक पटक एक अर्कालाई भेट्टाउनेछन।

मलाई सुन्दर चिज ज्यादै मन पर्थ्यो तर सुन्दर चिज भन्दा पनि सुन्दर शव्द, सुन्दर भाव र सुन्दर व्यवहार झनै मन पर्थ्यो। त्यसैले होला कुनै बस्तु भित्रको सुन्दरता मन पर्दा बाहिर पनि म सुन्दर बनाउने प्रयास गर्थे नसके मेरो मनले त्यसलाई सुन्दर देख्‍ने प्रयास गर्थे। जसरी भएपनी आफ्नो दृष्टीकोणमा त्यसलाई सुन्दर बनाउथे। तर उनिमा कहिंकतैबाट कमि थिएन त्यो मेरो मन ले मात्र भनिरहेको थिएन त्यो सम्पुर्णता उनको अव्यक्त भाव, हेराई र चाल बाट नै अनुमान गर्न सकिन्थ्यो। मैले तउनको अव्यक्त भाव ,हेराइ र चाल लाई गहिरिएर अध्ययन गरेको ले मात्र बुझ्‍न सकेको थिए किनकी मेरो सम्पुर्ण कुरा उनिसंग मेल खाइरहेक थियो।

हुन त कहिलेकाही पालुवाहरु पनि पलाउन नपाउदै सुकेको देख्‍न सकिन्छ भने कहिले काहि सुकेको विरुवा पनि पलाउन थाल्छ। समय र परिस्थिती ले जिवनको कुन मोड कस्तो हुने भन्ने निर्क्योल गर्दछ। सोचेको र योजना वनाएको सधै सफल नहुन पनि सक्छ तर कहिले काही अक्समात सुखद मोडमा पनि पुग्न सकिन्छ भन्ने कुरालाई नजर अन्दाज गर्नु नि त हुदैन। सायद त्यसैले पनि होला म आफुलाई कसैको साथ खोजेर गन्तब्यमा लैजाने प्रयास मात्र गर्दै थिए। एक्लै यात्रा गर्दाका असहजताहरुलाई मैले कयौ पटक का भोगाइबाट सिकेको यो यात्रामा कसैको साथ खोज्नु स्वभाविक थियो।

सपना त साकार हुन्छन भने यो त त्यो भन्दा कयौ गुणा नजिक पुगिसकेको थिए, आदर्श मानेरै आफ्नो यात्रा सफल बनाउन सकिन्छ भने मैले त्यो भन्दा अगाडी बढ्ने कुरा पनि त आएन। यदि कुनै दिन मेरा र उनका अव्यक्त भावहरु भेट भएछ भने त्यसले यात्रामा अझै सुनमा सुगन्धको काम गर्नेमा भने म ढुक्क थिए। किनकी यात्रा हरेको सुखदायी र आनन्दायी बनोस भन्ने चाह त हुन्छ नै तर त्यो भन्दा पनि असल सहपाठि मिलोस भन्ने हुन्छ।

कहिले काही यथार्थता भन्दापनि भावना झन रमाउन सकिदो रहेछ भन्ने कुराको पनि ज्ञात भयो। जिवन एउटा उच्चतम विन्दुमा पुगाउन कुनै व्यक्ति को साथ भन्दा पनि उसको आदर्शको वढि आवश्यकता पर्ने रहेछ र सो को भरपुर उपयोग मैले गर्छु भन्ने मा पनि म ढुक्क छु। त्यसैले आजभोली आदर्शको नक्कल मात्रै गर्ने प्रयास गरिहन्छु र म सन्तुष्ट छु। तर यात्रा को दुखद पक्ष के भने जव मैले भानवाना वढि लिन भएर झसंग  भए तब मात्र थाहा भयो उनि कुनै बगैचाकी फूल थिइन जो अर्कैले टिपिसकेको थियो र म अर्कै बगैचाको पुतली थिए आफ्नो बगैचाको मह सकेर टिपिसकेको फुलमा बस्‍न पर्यत्न गर्दै थिए। अनि आफै आत्मसात गरे जिवनमा उनिसंगको यात्रा मा मैले र उनले संगै हुन नपाइ के भो त उनले म संग भएर वा नभएर केही फरक पर्दैन किनकी उनी मेरो मन भित्र मेरो हरेक कृयाकलाप, हरेक यात्रामा र सपनामा समेत संगै छिन आजसम्म पनी। बेला बेला म उनिसंग सोधिरहन्छु एउटा आदर्श प्रेम सम्झिएर, एकलब्य ले  द्रोणाचार्यको  मुर्ती बनाएर कुशल धनुसधारी बन्न सक्छन भने मैले मेरो मनमा सजाएर उनका आदर्शहरु किन आत्मसात गर्न नस्क्नु? त्यसैले सधै उनी संगै रमाइरहेको हुन्छु।

म र मेरो जिवनको हरेक क्षण राम्रो होस भन्ने चाहन्थे तर पनि मैले दिन महिना हप्ता र वर्ष वित्दै जादा केहि नयाँ पाउन सकिरहेको थिएन। मेरो निरासा झन झन बढ्दै गइरहदा उनि संग को भेट पछि केहि आशावादि चै भएको छु, संयोगले आज नयाँ वर्षको दिन, यो विगत का वर्षहरु त जसरी वित्यो विते विते गत वर्षको अन्तिम तिरको भेट ले मेरो आशाका किरण पलाएको यथार्थ हो।  खास त मेरो लागि के छ भने विगतका नयाँ वर्षहरुमा भित्तमा एउटा पात्रो परिवर्तनहुन्थ्यो, केहि पुरानै गुनासाहरु, अलिकती पुरा गर्न नसकेका चाहनाहरु, मलिन अनुहार को साटो यो नयाँ वर्षमा मन परिवर्तन भएको छ, उर्जा थपिएको छ । मन प्रफुल्लता , उर्जाशिलता, र केहि सकारात्मकताले निश्चयपनि राम्रो बाटोमा जानुको संकेत वाहेक अरु हुन सक्दैन, जसले गर्दा अवको यात्रा खास हुनेमा ढुक्क छु।" भन्दै निस्किन थाल्नु भो । चिया त पिएर गइस्यो न भन्‍न ढोकामा दगुरेर जाउ भन्दा निद्रा खुल्छ …………..


Comments

Popular posts from this blog

सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand

अपाङ्गता र सरलाको मुस्कान- गोरख चन्द

समृद्धि को बाधक को ? - गोरख चन्द