Latest

सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand

Image
  सामाजिक सञ्जाल आजको दिनमा केवल मनोरञ्जन वा साथीभाइसँग कुराकानी गर्ने माध्यम मात्र होइन, जीवनको विभिन्न पक्षसँग प्रत्यक्ष जोडिएको प्रविधि हो। सूचना आदानप्रदान, व्यवसाय, शिक्षा, अनुसन्धान, राजनीति र शासन प्रक्रियामा समेत यसको भूमिका दिनप्रतिदिन बढ्दो छ। यस्तो अवस्थामा सामाजिक सञ्जाल पूर्ण रूपमा बन्द गर्ने निर्णयले नेपालको समग्र संरचनामा ठूलो असर पार्छ। नेपाल जस्तो विकासशील मुलुकमा रोजगारीका अवसर सीमित छन्। युवा पुस्ता रोजगारी खोज्दै विदेश पलायन भइरहेका छन्। त्यही अवस्थामा सामाजिक सञ्जालमार्फत धेरैले प्रत्यक्ष वा अप्रत्यक्ष आम्दानी गर्ने अवसर पाएका छन्। युट्युब, टिकटक, फेसबुक र इन्स्टाग्रामबाट कमाइ गर्ने युवाको संख्या कम छैन। यी अवसरहरू रोकिँदा बेरोजगारी अझै बढ्ने सम्भावना प्रबल हुन्छ। नेपालका टेलिकम कम्पनीहरूको प्रमुख आम्दानीको स्रोत मोबाइल डेटा हो। प्रयोगकर्ताले दैनिक जीवनमा इन्टरनेट चलाउँदा सबैभन्दा बढी डेटा सामाजिक सञ्जालमा खर्च गर्छन्। यदि सामाजिक सञ्जाल बन्द गरियो भने डेटा खपत घट्छ र यसले टेलिकम कम्पनीको आम्दानीमा प्रत्यक्ष असर पार्छ। यसको परिणामस्वरूप कम्पनीहरूको लगानी गर्ने ...

गुलावको बोट मुनी उभिदैमा सुन्दर भइदैन...... ! - गोरख चन्द

 



"गुलावको बोट मुनी उभिदैमा सुन्दर भइदैन। सुन्दर हुन त गुलावरुपी चरित्रको आत्मसाथ गर्नुपर्छ। बोली र शब्दभित्र रस छैन मधुरता छैन भने त्यो शब्द खडेरीमा सुक्न लागेका बोटहरुझै उर्जाहीन र अर्थहीन हुन्छन। ब्यवहारमा नम्रता छैन भने सम्बन्ध फल विनाको वृक्ष जस्तै हुन्छ, जबकी नाम सबैले लिन्छन तर मन कसैले पराउदैन। पहाडका उकाली ओरालीहरु जीवनका उकाली ओरालीहरु भन्दा ज्यादै सजिला लाग्‍न थालेका छन। जब म सानो थिए म हिड्न सक्दिनथे र सोच्थे –"म ठुलो भइदिएको भए"। जब म ठूलो भए लाग्छ म सानो नै ठिक थिए। वास्तवमा समय अनुसारको परिस्थिती संग समायोजन हुनु नै जिवन हो र सोही अनुसार जिवनको रस पान गर्नु पर्छ। समय खासमा एक नासकै हुन्छ। मानव जिवनका इक्षा रआवश्यकताहरू अनुसार समय फरक जस्तो अनुभुती मात्रै हुन्छ। गलत र सही, राम्रो र नराम्रो भन्ने कुरा हरु पनी खासै संसारमा केही छैन। हेर्ने दृष्टीकोण मात्रै फरक हुन। चोरी गर्नु गलत हुन्थ्यो भने पर स्त्री सम्बन्ध गलत हुन्थ्यो भने सायद हामी कृष्ण भगवानको पुजा गर्दैनथ्यौ। भाङ धतुरो खानु गलत हुन्थ्यो भने सायद हामी शिवजीको पुजा गर्दैनथ्यौ। लडाई झगडा गर्नु गलत हुन्थ्यो भने रामायण र महाभारतका देव पात्रहरु देव कहलिने थिएनन। यसको यर्थ सही कुराहरु गलत हुन भन्ने खोजिएको र गलत कुराहरु सही हुन भन्न खोजिएको होइन तर संसारमा सही र गलत मान्छेको मनस्थितीमा भर पर्ने कुरा हुन।

समय र परिस्थिती बदलिन्छ अनि घटना र क्रियाकलापको परिभाषा बदलिन्छ। यसो त्यसो नहुदो हो त अदालत मा दुइ वटा वकिलहरु पक्ष र विपक्षबाट नलड्दा हुन। चोरहरुको सभामा चोरी गर्नु गलत हो भन्नु अपराध हो भने सज्जनहरुको सभामा चोरी गर्नु सही हो भन्नु अपराध हो।

यो कुराबाटै पनी के प्रष्ट हुन्छ भने समय र परिस्थितीले हामीले आफ्नो दृष्टीकोण मा परिवर्तन ल्याउनु पर्छ। समय अनुसार परिवर्तन ल्याउन सक्नुपर्छ। आफ्नो जिवनको भोगाइ ले किताबका पाना र अर्काको प्रवचन बाट सिकेका कुराहरु भन्दा वढि सिकाई हुन्छ। कागले कान लग्यो भन्दै मा कौवाको पछाडी दौडीनेहरु संग वादविवाद गर्नुको कुनै औचित्य हुदैन। हामी कुनै कुराप्रतीको धारणा कसरी वनाउछौ भन्ने कुराले हाम्रो मुल्याङ्कन गरिरहेको हुन्छ। अधुरो ज्ञान र अधुरो सम्बन्धले जिवनमा धोका दिन्छ किनकी यी दुवैले समस्या आउदा समाधान भन्दा पनी झन बढाउने गर्दछन।

भ्यागुतोले कुवामा घुम्दा संसार घुमेर आए भन्छ किनकी उसले त्यो अलावा कुनै दुनीया देखेको हुदैन। नदेखेको दुनियाको वारेमा वयान गर्न पनि त मिलेन नी। सामाजिक संजालमा आउने कुराहरु लाई पढेर हेरेर आफ्नो मनस्थिती वनाउछौ या परिवर्तन गर्छौ तर त्यसको वास्तविकता पुष्टीगर्ने आधार हामी खोज्दैनौ। यसको अर्थ पुष्टीको आधार खोजिगर्नु पर्छ भनेको होइन कि आफ्नो धारणा नै परिवर्तन गर्नु हुदैन भन्ने हो। भर्खर राम्रो संग अक्षर चिन्न नसकेको व्यक्तिले प्रजातन्त्र, माक्सवाद, लेनिनवाद र माओवाद वकवास हुन भन्छ। अनि त्यो सुन्ने मान्छेले हो हो यो त वेकार नै हो भन्नेहरुको भिड जम्मा हुन्छ। अनि राम्रो कुरा के हो त भन्दा कसैलाई थाहा छैन। वास्तविकता नबुझेरै आफुलाइ विद्वान संग तुलना गर्न सम्म पछि पर्दैनौ।

ज्ञान र सिकाई भन्ने कुरा डिग्री र प्रमाण पत्रले मात्र सिकाउदैन , वास्तविक सिकाइ त रित्तो गोजी, भोको पेट र मालिकको तुच्छ वचनले पनी सिकाउने गर्दछ। आफैले सिंडी चढाएर माथी पढाएकाहरु माथी गएर निच भनेर हेपाइ दृष्टीकोण राख्ने हरुलाई के थाहा एक दिन अनन्त तल नै आउनुपर्छ भन्नेकुरा।

औपचारीक शिक्षा, प्रामाणपत्र र डिग्रीहरु सिकाइको आधार स्तम्भ मात्रै हुन तर वास्तविक ज्ञान सिक्न त जिवन का पाना पाना पढ्नुपर्छ , भोग्‍नुपर्छ र महशुस गर्नुपर्छ। मालिक वनेर मजदुरको पिडा थाहा हुदैन, कर्मचारी हुँदा सेवाग्राहीको पिडा थाहा हुदैन, नेता मात्र भएर जनताको पिडा थाहा हुदैन। त्यसैले अन्ततः वास्तविक भुमिका बाट मात्रै माथी उठ्नेहरु सधै सफल र अरु निस्फल भएको देख्न पाइन्छ।" भन्दै चस्मा निकालेर आँखा पुछ्दै भन्नुभयो बाकी कुरा पछि गरौला बाबु! तिमीलाई नि हतार पो थियो कि? आउदै गर्नु कहिलेकाही।म पनी टाउको हल्लाइ मनमनै ह्वस भन्दै आफ्नो बाटो लागे।

Comments

Popular posts from this blog

सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand

अपाङ्गता र सरलाको मुस्कान- गोरख चन्द

समृद्धि को बाधक को ? - गोरख चन्द