Latest

सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand

Image
  सामाजिक सञ्जाल आजको दिनमा केवल मनोरञ्जन वा साथीभाइसँग कुराकानी गर्ने माध्यम मात्र होइन, जीवनको विभिन्न पक्षसँग प्रत्यक्ष जोडिएको प्रविधि हो। सूचना आदानप्रदान, व्यवसाय, शिक्षा, अनुसन्धान, राजनीति र शासन प्रक्रियामा समेत यसको भूमिका दिनप्रतिदिन बढ्दो छ। यस्तो अवस्थामा सामाजिक सञ्जाल पूर्ण रूपमा बन्द गर्ने निर्णयले नेपालको समग्र संरचनामा ठूलो असर पार्छ। नेपाल जस्तो विकासशील मुलुकमा रोजगारीका अवसर सीमित छन्। युवा पुस्ता रोजगारी खोज्दै विदेश पलायन भइरहेका छन्। त्यही अवस्थामा सामाजिक सञ्जालमार्फत धेरैले प्रत्यक्ष वा अप्रत्यक्ष आम्दानी गर्ने अवसर पाएका छन्। युट्युब, टिकटक, फेसबुक र इन्स्टाग्रामबाट कमाइ गर्ने युवाको संख्या कम छैन। यी अवसरहरू रोकिँदा बेरोजगारी अझै बढ्ने सम्भावना प्रबल हुन्छ। नेपालका टेलिकम कम्पनीहरूको प्रमुख आम्दानीको स्रोत मोबाइल डेटा हो। प्रयोगकर्ताले दैनिक जीवनमा इन्टरनेट चलाउँदा सबैभन्दा बढी डेटा सामाजिक सञ्जालमा खर्च गर्छन्। यदि सामाजिक सञ्जाल बन्द गरियो भने डेटा खपत घट्छ र यसले टेलिकम कम्पनीको आम्दानीमा प्रत्यक्ष असर पार्छ। यसको परिणामस्वरूप कम्पनीहरूको लगानी गर्ने ...

डोट्याली गीत - गोरख चन्द




 मिसाइल  अमेर्का सित सेना चाइना सित

नेपालिनले दिन काट्टु बातै आइना सित
न  नेता  गतिलो पायो   नै त   करमचारी
बलात्कारमा फस्स पस्या बाल बरमचारी
कोइ भण्णा  बेरोजगारी कोरोनाका साल
पर्लयको  सुरुवात हो आइगै  कलि काल
स्ट्याटस मुइ पनि  लेख्दो बेला बखतको
न चित्त बुझाउन सक्या  दुनिया जगतको
लागिका मनमा कुरा लेख्खौ भणि आया
जइबेला आइझाली छुद्दि उसै वेला गाया
यै देशमा नेता  बढि ,  जनता भया  कम
नेताले गालि  लै   गर्या  नच्च्या छम छम
पत्रकार नेताकि झ्वला बोक्क पसि गया
खल्डि भद्या के गरन्थ्या जनताकि माया
कसैका  चप्पल  छैन   कसैका घर  छैन
आलिसान महल दियो चुनावको भरछैन
युवा भण्णा नाउ मात्रैका कामनकाजका
दिनमा नारा  जुलुस   बोतल छन रातका
नाम लेख्ख नजणन्या  मुख्या भया पछा
करमचारि  हावि  भया दिन  अया  कसा
राजाहटि देश विकास कति भयो  आज
गणतन्त्रका नेतानकि  धोति लागी आग
देशको जमिन बेचि अमेरिका घर किन्यो
न नेताले आफै जाण्यो न जन्ताले चिन्यो
गाउ गाउमा रजा अया आफ्नाइ घर भद्द
चेलास्वानि जागिर लउना आवकिहो गद्द
महाकाली  मेचि  बेच्यो  बेच्यो  टनकपुर
कठैकठ मुख धोया हो कै पानिका मूल।।।
क्रमस:.....

Comments

Popular posts from this blog

सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand

अपाङ्गता र सरलाको मुस्कान- गोरख चन्द

समृद्धि को बाधक को ? - गोरख चन्द