Latest

सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand

Image
  सामाजिक सञ्जाल आजको दिनमा केवल मनोरञ्जन वा साथीभाइसँग कुराकानी गर्ने माध्यम मात्र होइन, जीवनको विभिन्न पक्षसँग प्रत्यक्ष जोडिएको प्रविधि हो। सूचना आदानप्रदान, व्यवसाय, शिक्षा, अनुसन्धान, राजनीति र शासन प्रक्रियामा समेत यसको भूमिका दिनप्रतिदिन बढ्दो छ। यस्तो अवस्थामा सामाजिक सञ्जाल पूर्ण रूपमा बन्द गर्ने निर्णयले नेपालको समग्र संरचनामा ठूलो असर पार्छ। नेपाल जस्तो विकासशील मुलुकमा रोजगारीका अवसर सीमित छन्। युवा पुस्ता रोजगारी खोज्दै विदेश पलायन भइरहेका छन्। त्यही अवस्थामा सामाजिक सञ्जालमार्फत धेरैले प्रत्यक्ष वा अप्रत्यक्ष आम्दानी गर्ने अवसर पाएका छन्। युट्युब, टिकटक, फेसबुक र इन्स्टाग्रामबाट कमाइ गर्ने युवाको संख्या कम छैन। यी अवसरहरू रोकिँदा बेरोजगारी अझै बढ्ने सम्भावना प्रबल हुन्छ। नेपालका टेलिकम कम्पनीहरूको प्रमुख आम्दानीको स्रोत मोबाइल डेटा हो। प्रयोगकर्ताले दैनिक जीवनमा इन्टरनेट चलाउँदा सबैभन्दा बढी डेटा सामाजिक सञ्जालमा खर्च गर्छन्। यदि सामाजिक सञ्जाल बन्द गरियो भने डेटा खपत घट्छ र यसले टेलिकम कम्पनीको आम्दानीमा प्रत्यक्ष असर पार्छ। यसको परिणामस्वरूप कम्पनीहरूको लगानी गर्ने ...

गन्थन - गोरख चन्द


"लाखौ खर्च गरेर अध्ययन गरीयो। जीवनका अत्यन्त कठिन खुड्किला हरु पार गर्ने क्रममा कति भोको बसीयो त कति   रातरुहरु अनिदो भइयो। म जस्तै कयौं व्यक्तिहरु बाध्यता भन्दै नबिदेसिएका होईनन् , तर मैले हिम्मत हारिन। अध्ययनलाई निरन्तरता दिईरहे र त अहिले के गलत र के सहि छुट्याउन सक्ने मानसिकता तयार गर्न सकियो। हुनत पढाईलाई नोकरी संग दाजीन्छ , त्यो ब्यक्ति मात्र सफल कहलीन्छ जस्ले सरकारी जागीर खाएको छ। एउटा पाटो त्यो पनी हो तर सम्पुर्णमा होईन। सामाजिक भएर बाच्नुको मजा बेग्लै छ, "उसले गर्ने व्यवहार र मान मर्यादा बाट दिक्क भएको मैले कतै सामाजिक हुनुको परीभाषा ज्ञात त गराएन? " भन्ने पनी भान हुन्छ। उसको ब्यवहार परीवर्तन हुनु सामाजिक संजालको उपज थियो। एकातिर बिज्ञान र प्रविधि अगाल्नु पर्ने बाध्यता भने अर्कातीर मानवीय सम्बन्ध र नाताको क्षयीकरण, कन्फ्युजन मात्रै भन्दा फरक पर्दैन। साम, दाम, दण्ड र भेदको राजनिति (अस्वच्छ प्रतिस्पर्धा); अत्यधिक नाफामुख आर्थिक कृयाकलाप (लुटतन्त्र) र अहमताबादी सोच र चिन्तनको बिकास केहि समयका लागी फलिफाप भएपनी अनन्त अभिशाप नै बन्छ।
 एकजना महोदयले भनेको कुरा सम्झिए। " तपाई पढेलेखेका हरु वडा मा उमेदवारी दिने हिम्मत छ? राजनिति को कुरा गर्नुहुन्छ?" मैले मुस्कुराउदै जवाफ दिएँ " ठिक भन्नु भो, हामिसंग त्यो हिम्मत छैन; त्यो हिम्मत त तपाईहरु जस्ता लाई मात्र हुन्छ, मैले अध्ययन गरेको दुख, पिडा र कष्टरुपी मिहेनत हेर्दा त  बिगत धैरै समय यताको प्रधानमन्त्रीकै पदपनी फिका लाग्छ" ऊहॉ नाजवाफ हुनुभयो । अहिले सबैले सम्झिने त्यहि एउटा कुरा " राजनीती" । के मुलुक राजनीक कार्यकर्ताले मात्रै चल्छ? प्रश्न गर्न मन लाग्छ। एक जना जापानी नागरीक जो एक कुशल ईन्जीनीयर थिए उनलाई एकजना साथिले चुनाव मा भोट हाल्न जाउँ भन्दा उहाको जवाफ यस्तो थियो " के यो नया डिजायन हो?" ।
जस्तो मैले लेखेको छु, त्यस्तै अवस्था हामी देशबासीहरुको "जिगज्याग" भन्दा फरक पर्दैन। राजनितिक चेतना हुनु र राजनिति गर्नु नितान्त फरक कुरा हुन। राजनितिक चेतना हुनु ठिकै हो तर राजनिति नै गर्नुपर्छ देश बिकासका लागी भन्नु गलत शिवाय केहि होईन।
मैले पोष्ट गरीरहेका फेसबुक का भित्ताहरुमा दिदि बहिनी र आमाहरु लाई गाली गलौज गर्न प्रयोग गर्नु नै बर्तमान राजनितिको परीणाम हो।

Comments

Popular posts from this blog

सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand

अपाङ्गता र सरलाको मुस्कान- गोरख चन्द

समृद्धि को बाधक को ? - गोरख चन्द