Latest

सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand

Image
  सामाजिक सञ्जाल आजको दिनमा केवल मनोरञ्जन वा साथीभाइसँग कुराकानी गर्ने माध्यम मात्र होइन, जीवनको विभिन्न पक्षसँग प्रत्यक्ष जोडिएको प्रविधि हो। सूचना आदानप्रदान, व्यवसाय, शिक्षा, अनुसन्धान, राजनीति र शासन प्रक्रियामा समेत यसको भूमिका दिनप्रतिदिन बढ्दो छ। यस्तो अवस्थामा सामाजिक सञ्जाल पूर्ण रूपमा बन्द गर्ने निर्णयले नेपालको समग्र संरचनामा ठूलो असर पार्छ। नेपाल जस्तो विकासशील मुलुकमा रोजगारीका अवसर सीमित छन्। युवा पुस्ता रोजगारी खोज्दै विदेश पलायन भइरहेका छन्। त्यही अवस्थामा सामाजिक सञ्जालमार्फत धेरैले प्रत्यक्ष वा अप्रत्यक्ष आम्दानी गर्ने अवसर पाएका छन्। युट्युब, टिकटक, फेसबुक र इन्स्टाग्रामबाट कमाइ गर्ने युवाको संख्या कम छैन। यी अवसरहरू रोकिँदा बेरोजगारी अझै बढ्ने सम्भावना प्रबल हुन्छ। नेपालका टेलिकम कम्पनीहरूको प्रमुख आम्दानीको स्रोत मोबाइल डेटा हो। प्रयोगकर्ताले दैनिक जीवनमा इन्टरनेट चलाउँदा सबैभन्दा बढी डेटा सामाजिक सञ्जालमा खर्च गर्छन्। यदि सामाजिक सञ्जाल बन्द गरियो भने डेटा खपत घट्छ र यसले टेलिकम कम्पनीको आम्दानीमा प्रत्यक्ष असर पार्छ। यसको परिणामस्वरूप कम्पनीहरूको लगानी गर्ने ...

समृद्धिको आधार शिक्षा - गोरख चन्द

 


हामि शिक्षा प्राप्त गर्दै गर्दा  आधारभुत कुराहरु बिर्षियौ। पढ्दा रट्टा लगाएर भन्यौ गास बास र कपास मानिसका आधारभुत आवश्यकता हुन तर कहिल्यै त्यसलाइ अभ्यासमा ल्याएनौ र अन्तमा भन्यौ शिक्षा प्रणाली ठिक भएन। होलान शिक्षाप्रणालिका पनि केहि कमि कमजोरी तर पहिला प्रणालीलाइ दोष दिनु भन्दा पनी आफुलाइ पनि हेर्नेकि? 

हिजो नैतिक शिक्षा पढेकै हो, किन अाएन नैतिक आचरणमा सुधार बरु झनझन खस्किदै गयो । शिक्षा प्रणाली, आर्थिक निति इत्यादि भन्दा पनि देशमा उत्कृष्ट राजनिक राजनिक चेतनामा बृद्वि हुनुपर्छ। राजनितिक नेतृत्व गतिशिल र उर्जावान हुनुपर्छ । बहुआयामिक र क्षमतावान व्यक्तित्व मात्र राजनिति मा आउनुपर्छ। कार्य गरेर आएको व्यक्ति सम्बन्धित निकाय मा स्थापित हुने ब्यवस्था ल्याउनुपर्छ ।
बालकलाइ मात्र सिकाउने शिक्षकले पहिला अाफुले सिक्न जरुरी छ, किनकि अरुलाइ भन्न त सकिन्छ यस्तो भएन उस्तो भएन तर साच्चै विद्यार्थीको अगाडि काम गरेर सिकाउने शिक्षक को खाचो छ अहिले। दशवर्ष पुरानो डाएरि बोकेको हुन्छ अनि भन्छ हामिले समय सुहाउदो शिक्षामा जोड दिनुपर्छ। २/४ वटा डाउनलोडेड सलाइड देखाउछ अनि भन्छ शिक्षा मा सुचना तथा सञ्चार प्रणालिको प्रयोग अनि हामि चै तालि बजाउने वा वा शिक्षा क्या विकास भा'छ भन्दै।
शिक्षालाइ ब्यवहारमा उतार्नुपर्छ भन्दै पढाउने शिक्षक बेलुकि बारमा भेटिन्छ। विद्यार्थिले प्रश्न सोधेकै कारण अान्तरिक मुल्यांकनको डिभ्यालुएसन गर्छ। आफु १० मिनट ढिलो आएर विद्यार्थिहरुलाइ समयको पालन गर्न सिकाउछ। अनि बाहिर भन्दै जान्छ हाम्रो शिक्षाप्रणालि ठिक भएन।
बालकलाइ सधै गृहकार्य गर्न दिइन्छ तर जुत्ताको तुना बाध्न कहिल्यै सिकाइदैन, पैन्टको जिप लगाउन कहिल्यै सिकाइदैन मुख सफा गर्नुपर्छ भनेर भनिन्छ तर यसरि सफा गर्नुपर्छ भनेर नसिकाए कसरि बुझ्छ बालकले। सेवा सुविधा नै कम परेको हो भने जागिर छोडे भैहाल्यो किन बालबालिकाहरुको भबिश्य बर्बाद गर्नु।
बालकलाइ किताबका पाना पाना रटाउनु मात्र शिक्षा होइन, कक्षामा ४५ मिनेट विद्यार्थिलाइ चुप लगाउनु मात्र पढाउनस होइन। त्यो भन्दा बढि त विद्यार्थिले शिक्षकको बानि ब्यवहार र हाउभाउ तथा कृयाकलाप बाट बुझ्छ त्यसैले शिक्षकले पढाउने मात्र होइन सिकाउने पनि हो त्यो हो रोलमोडल बनेर। शिक्षक ब्याख्यागर्ने मेसिन होइन रोलमोडल बन्नुपर्छ।

Comments

Popular posts from this blog

सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand

अपाङ्गता र सरलाको मुस्कान- गोरख चन्द

समृद्धि को बाधक को ? - गोरख चन्द