Latest

सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand

Image
  सामाजिक सञ्जाल आजको दिनमा केवल मनोरञ्जन वा साथीभाइसँग कुराकानी गर्ने माध्यम मात्र होइन, जीवनको विभिन्न पक्षसँग प्रत्यक्ष जोडिएको प्रविधि हो। सूचना आदानप्रदान, व्यवसाय, शिक्षा, अनुसन्धान, राजनीति र शासन प्रक्रियामा समेत यसको भूमिका दिनप्रतिदिन बढ्दो छ। यस्तो अवस्थामा सामाजिक सञ्जाल पूर्ण रूपमा बन्द गर्ने निर्णयले नेपालको समग्र संरचनामा ठूलो असर पार्छ। नेपाल जस्तो विकासशील मुलुकमा रोजगारीका अवसर सीमित छन्। युवा पुस्ता रोजगारी खोज्दै विदेश पलायन भइरहेका छन्। त्यही अवस्थामा सामाजिक सञ्जालमार्फत धेरैले प्रत्यक्ष वा अप्रत्यक्ष आम्दानी गर्ने अवसर पाएका छन्। युट्युब, टिकटक, फेसबुक र इन्स्टाग्रामबाट कमाइ गर्ने युवाको संख्या कम छैन। यी अवसरहरू रोकिँदा बेरोजगारी अझै बढ्ने सम्भावना प्रबल हुन्छ। नेपालका टेलिकम कम्पनीहरूको प्रमुख आम्दानीको स्रोत मोबाइल डेटा हो। प्रयोगकर्ताले दैनिक जीवनमा इन्टरनेट चलाउँदा सबैभन्दा बढी डेटा सामाजिक सञ्जालमा खर्च गर्छन्। यदि सामाजिक सञ्जाल बन्द गरियो भने डेटा खपत घट्छ र यसले टेलिकम कम्पनीको आम्दानीमा प्रत्यक्ष असर पार्छ। यसको परिणामस्वरूप कम्पनीहरूको लगानी गर्ने ...

लेख्दालेख्दै - गोरख चन्द

 

हो, मैले सपना देख्न त्यहि दिन देखी बन्द गर्ने निधो गरे जुन दिन म सपनामा सुतेर सपना देख्दै थिए। सपना के थियो भने म सुतेर अर्को सपना देख्दै थिए। दोस्रो दिन पुरै दिन लगाएर पनी मैले वास्तवमा सपना चै के थियो भन्ने कुरो पत्ता लगाउन सकेन। हो त्यहि दिन देखी म सपना भन्ने बितिक्कै मेरो दिमागले काम गर्न छोड्छ। म बस्ने टोलमा पनि एक जना सपना नाम गरेकी बहिनी रहेछ, अस्ती मात्र को घटना हो । सपनाको मम्मीले मलाई सोध्नु भएछ,बाबु सपना  देख्यौ र ? मैले त के के न भनेर वहाँको चित्त दुखाइदिएछु। हिजो गएर माफि मागे तर दिने हुन कि नाई अहिले सम्म एकिन छैन। अरु सबै थोक मन पर्छ तर सपना भनेपछि मेरो पारो गरम भएर आउछ।

सानो मा सरले भन्नु हुन्थ्यो बाबु तिम्रो के बन्ने सपना छ? म प्रत्येक सर हरुलाई फरक फरक जवाफ दिन्थे। कसैलाई भन्थे प्रधानमन्त्री, कसैलाई समाज सेबी ,कसैलाई पुलिस, कसैलाई डाकु यस्तै यस्तै । अनि सरले भन्नुहुन्थ्यो सपना देख्ने मान्छे मात्र जीवनमा सफल हुन्छ। हो त्यहि दिन देखी देखी सपना देख्न थालेको म आज आज सम्म सपना मात्र देखीरहे तर सफलता भन्ने कुन चरीको नाम हो थाहा पाउन सकिएको छैन, सायद डाइनासर संगै लोप भएर गएको हुनपर्छ।

हो त्यो सपना, उत्साह सबै कुरा कथित संघियता आएपछि छताछुल्ल भयो। संघियता गरीब र असहायहरुका लागी केवल घाँणो बनेर रह्यो भने आसेपासेहरुका लागी मालामाल। किन कोहि बोल्दैन यो देशमा? किन भष्ट्राचार र घुसखोरी मौलायो? के यो निराकरण गर्न सकिदैन? यी अनेक प्रश्नहरुले मलाई पिरोलीरहन्छ र यी पिडाहरुलाई अक्षरमा परिणत गर्न बाहेक अर्को बिकल्प म संग पनी छैन । त्यसैले कति बेला सोच्छु म त कम्तिमा लेखेर त मनको बोझ कम गर्छु तर नुन तेलको जोहो गर्न समेत धौ धौ परेर स्कुल नै नदेखेकाहरु के गरी चित्त बुझाउदा हुन भनेर सोच्छु।

पोहर नगरपालीकामा कार्यालय सहायक को जागीर को बिज्ञापन खुलेछ, मेयर साप ले आफ्नै भतिज लाई भर्ना राखेछन। केहिदिनपछि कम्प्युटर अपरेटर खोले र साली भर्ना गरेछन। अनी अधिकृत मा आफ्नै पार्टिको बिद्यार्थी संगठन सचिब। किन खोल्छौ स्कुल र विश्वविद्यालयहरु पार्टिकै स्कुलीङ गर्नुस कम्तिमा जनता लाई भ्रम त नहोला?

दश लाखको बजेट आएको, प्रसासकीय अधीकृतको कति? ईन्जीनीयरको कति? लेखा अधिकृतको कति? सुब्बा सापको कती? अरु लाई चिसो पिलाईदिए पुग्ने। तर मेयर सापले त पहिल्यै १५ लाख लाई दश बनाएर पठाइका रहेछन  । जय संघियता!



नैतिकता हराएकाहरु नता बनेपछि, काम न नगर्ने कर्म चारी, ज्ञान नै नभएका शिक्षक भएपछि देश कसरी अगाडी बढ्ला? जब सम्म देश यी सडकछाप र भातमाराहरुको हातमा छ केहि हुनेवाला छैन। लाशमा समेत राजनीती गर्नेहरु लाई त्यसका आफन्तहरुको आँशुले एक दिन पक्कै सराप्ने छ तर ढिलो चाँडो हुनसक्छ। रमितेहरुको रमाईलो क्षणिक मात्र हो । जुन दिन जनता सचेत भएर मासु भात र रक्सिमा बिक्न छोड्ने छ हो त्यो दिन कथीत नेताहरु भिख माग्नेछन। आसे पासे र तलुवाचाट लगाएर भगवान साबित गर्न खोज्ने जनप्रतिनिधीहरु कति दिन सम्म चल्छ र त्यो पैसामा किनेको ईज्जत? साच्चै काम गरेर देखाउनुस तपाईलाई भगवान भनेर पुज्नेछन जनताले, किनकी यो कलियुगमा भगवान भेट्न गार्हो छ, तपाई भगवान बनेर आउनुस।

काम गर्न गार्हो पनी छैन , जब तपाई संकिर्ण सोच त्याग्नुहुन्छ पार्टि र कार्यकर्ता को, त्यसदिन देखी तपाईको रुप परिवर्तन भएर दिव्य हुदैछ भनेर सोच्नुस। तर यो देशमा ईमान्दार पनी हुदारहेछन भनेर छाप छोडेर जानुस । जसले गर्दा अरुले पनि तपाईको अनुसरण गरून।

देशले एउटा सच्चा र ईमान्दार नेता मागेको छ, यसको सुरुवात तपाईबाटै होस, नाताबाद कृपाबाद र कार्यकर्ता को मुख भन्दा पनी निती र नियम कानुन को पालना गर्न गराउनमा योगदान दिन सक्ने महान व्यक्तित्वको खोजी यो माटोले गरेको छ । यो पुरा होस ! ईती!!!

Comments

Post a Comment

Popular posts from this blog

सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand

अपाङ्गता र सरलाको मुस्कान- गोरख चन्द

समृद्धि को बाधक को ? - गोरख चन्द