Latest

सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand

Image
  सामाजिक सञ्जाल आजको दिनमा केवल मनोरञ्जन वा साथीभाइसँग कुराकानी गर्ने माध्यम मात्र होइन, जीवनको विभिन्न पक्षसँग प्रत्यक्ष जोडिएको प्रविधि हो। सूचना आदानप्रदान, व्यवसाय, शिक्षा, अनुसन्धान, राजनीति र शासन प्रक्रियामा समेत यसको भूमिका दिनप्रतिदिन बढ्दो छ। यस्तो अवस्थामा सामाजिक सञ्जाल पूर्ण रूपमा बन्द गर्ने निर्णयले नेपालको समग्र संरचनामा ठूलो असर पार्छ। नेपाल जस्तो विकासशील मुलुकमा रोजगारीका अवसर सीमित छन्। युवा पुस्ता रोजगारी खोज्दै विदेश पलायन भइरहेका छन्। त्यही अवस्थामा सामाजिक सञ्जालमार्फत धेरैले प्रत्यक्ष वा अप्रत्यक्ष आम्दानी गर्ने अवसर पाएका छन्। युट्युब, टिकटक, फेसबुक र इन्स्टाग्रामबाट कमाइ गर्ने युवाको संख्या कम छैन। यी अवसरहरू रोकिँदा बेरोजगारी अझै बढ्ने सम्भावना प्रबल हुन्छ। नेपालका टेलिकम कम्पनीहरूको प्रमुख आम्दानीको स्रोत मोबाइल डेटा हो। प्रयोगकर्ताले दैनिक जीवनमा इन्टरनेट चलाउँदा सबैभन्दा बढी डेटा सामाजिक सञ्जालमा खर्च गर्छन्। यदि सामाजिक सञ्जाल बन्द गरियो भने डेटा खपत घट्छ र यसले टेलिकम कम्पनीको आम्दानीमा प्रत्यक्ष असर पार्छ। यसको परिणामस्वरूप कम्पनीहरूको लगानी गर्ने ...

अन्तिम पत्र - गोरख चन्द

 


सानु,

मोह लोभ र घमण्डलाइ अँगाल्ने ब्यक्ति महान होइन। द्वेष, इश्र्या, रिष, डाह गर्ने ब्यक्ती महान होइन। महलहरुमा बसी कागजका कुनाहरुमा सिग्नेचर गर्दै हाकिम चलाउन खोज्ने ब्यक्ति महान होइन । तर तिमि किन लोभ, घमण्ड, रिष र डाहको अंगीकार गर्दैछौ ? किन तिमि चहकिलो जीवनलाइ निर्जिव दिशातिर धकेल्दैछौ ? जुन महान व्यक्तिको उदय महान परिवार बाट हुन्छ भन्दै तिमिले निर्जन सम्झदै मानिसलाइ भुलभुलैयामा फसाउने कोसिस गरिरहेछौ । त्यो कुरा म एक प्रतिसत पनि मान्न तयार छैन। महान यात्राको संकुचित दलदलभित्र फसिरहेछौ तिमि, अन्जान ढुङ्गा र बालुवा जस्तै । तिम्रो मुस्कान छाएको अनुहारलाइ अर्थात देखावटि अनुहारलाइ छोप्न कालो वादल तिमि सामु आउदैछ । सायद तिमिले पनि नबुझको त होइन । बुझ पचाएको कुरा स्पष्ट छ, तर भबिश्यलाइ पनि ख्याल गर है ।
बोलीका गोली हान्न मात्र जान्यौ । ब्यवहारमा त्यसका अंश राख्न नपाउदै पर्दाबाट विलीन हुन्छ्यौ , तिमिलाइ साच्चै मृग जस्तै दौडिन मन लाग्छ, कुकुर जस्तै चल्न मन लाग्छ होला । किनभने तिमिलाइ कसैले मार्न चाहन्न, कस्ले खान्छ र तिम्रो मासु ?
तिमि महान व्यक्तिबाट आर्शिवाद लिन चाहन्छ्यौ , ठुल्ठुला पुरुषकारहरु बाट पुरुष्कृत हुन चाहन्छ्यौ, सम्मानहरुबाट सम्मानित हुन चाहन्छ्यौ , तर त्यो मृगरुपी अनुहार संग साइनो लगाएर यो काम सफल हनेवाला छैन । सायद तिमि आफ्नो शरिरलाइ अलंकारहरुबाट अलंकृत गर्न चाहन्छ्यौ, आफ्नो जीवनलाइ हिरा, मोति, सुन, चादि, मणि तथा निलमणि हरु भन्दा पनि उच्च ओहदामा राख्न चाहन्छ्यौ । के तिमि यो दुनियाका अरु मान्छे हरुलाइ किटपतंग सम्झिएर मालीक बन्न चाहन्छ्यौ । ओहो, त्यस्तो सोच्नु त परै जावस कल्पना पनि नगर । तिमिले झिनो सम्झिएको मानबले नै तिम्रो दाउ थापेर बसेको छ । तिमि उभिएको ठाउँ बाटै विलीन हुनेछौ । तिमिलाइ जेठको वाफिलो घाम नि निद्रा लागेर सपना देखेझै हुनेछ , अर्कै संसारमा उभिएको आभार हुनेछ । जब तिमि ब्युझिएझै गरी झसंग हुनेछौ । तब मात्र तिमिलाइ गल्तिको महसुस हुनेछ र आफुलाइ धेरै तल उभिएको आभास हुनेछ ...........................।

Comments

Popular posts from this blog

सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand

अपाङ्गता र सरलाको मुस्कान- गोरख चन्द

समृद्धि को बाधक को ? - गोरख चन्द