सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand
मन कोमल भएरै त होला नी जहिले नी अरुको भलो चाहने, पत्थर दिल भएका हरु त आफ्नैको पनी ज्यान लिन डराउदैनन् । दिल त दियो भगवानले तर दिलमा प्रोग्रामीङ गर्न बाकी रहेछ। ईन्टरफेस मात्र भएको यो दिलभित्र फङसनको लागी प्रोग्रामीङ गर्न बाकी छदै मेरो मा एसेम्बल गरिदिएछ। वास्तवमा भष्ट्राचारी भगवान हुनुपर्छ यो सब गर्ने। सबै भगवान राम्रै हुन्छन भन्न पनी त हुदैन नी यो जमानामा ईन्द्र भगवानका पक्षका त खुब भष्ट्राचार र घुसखोरी मा होलान नी, तर प्रतिपक्षको केहि चल्दैन। दुई चार भुत पिसाचको साथ लिएर बढिमा एक दुई बैठक अबरुद्ध गर्ने मात्र त होलान नी।.........
यस्तै यस्तै
उटपट्याङ जस्तो लाग्ने तर यथार्थ कुरा गरेर चिया पिई सकेपछि हिडिहाल्नु हुन्थ्यो
मामा जी। मैले मामा जी किन भने भनेर सबैले संका गर्लान तर मैले मात्र होइन उनी
सबैका मामा जी हुनुहुन्छ। देख्ने जति सबैले मामा जी मात्र भने हात उठाएर सम्बोधन
गरिहाल्नुहुन्छ।
भेट हुनुमात्र पर्छ
गीता देखी नयाँ उपन्यास सम्मको ज्ञान बाड्न कहिल्यै कन्जुस्याँइ गरेनन्। तर जे जती
कुरा गरे पनी हासेको भने कहिल्यै देखेको थिएन। त्यसैले पनी होला उनका उट्पट्याङ
जस्ता कुरा हरु मा कहिले हाँसो लागेपनी आफुलाई कन्ट्रोल गरेर राख्थे। घर आएर
सोच्थे यती विद्वान मान्छे किन काम भन्दा बढ्ता कुरा मात्र गरेर हिड्नुहुन्छ होला?
तर जब सँधै जसोको भेटघाटले धेरै कुराहरु सुन्दै गए र प्रतिप्रश्न गर्न सम्म घुलमिल
भइयो तब मात्र थाहा पाए कि उहाँ नहास्ने कारण।
मैले सोधेको थे मामा
जी तपाई यतिको असल ज्ञान बाड्नुहुन्छ त्यो पनी रमाइलो शैलीमा , हजुरलाई कहिलेकाहि
हाँसो लाग्दैन? उहाँले भन्नुभयो...
म नेपाली राजनितीमा
चार-चार वटा व्यवस्था झेलेको मान्छे हु, वि.स. २००२ मा जन्मिदा जहानिया राणा शासन
थियो, म त के मेरो आमा वुवा समेत हास्न सक्नु भएन। हरेक बेला कुनै न कुनै आरोप
लगाउने हुन कि भनेर घर भन्दा बाहिर समेत निस्किन नपाएको म एक्लै बसिरहन्थे र सोच्थे
यी राणाहरु बाघ जस्ता हुदाँ हुन कि स्याल जस्ता, कतै आएर झम्टिने पो हुन की भनेर
हाँस्न सकिन । म सोचिरहदा मेरै अगाडी राणा शासन अन्त्य भइसक्यो तर राणा शासनको
अन्त्य हुनुमा पनि म हाँस्न सकिन किनकी नाम मात्र परिवर्तन भयो तर सबै ठाउँमा
राणाहरु नै हर्ताकर्ता थिए, जसले फाइदा पाए उनिहरु खुशि होलान तर हामी जस्ता कोहि
पनि खुशी हुन सकेनन्। यस्तै गरी वि.स. २०१७ तिर पञ्चायत, वि.स. २०४७ मा बहुदलिय
प्रजातन्त्र, जनयुद्ध र ६२/६३ को जन आन्दोलन जस्ता कथित परिवर्तनहरुको अनुभव लिदा
सम्म मलाई यी कुराले खुशी बनाउनुको सट्टा झन झन निरास बनाउदै गयो। किनकी यी
परिवर्तन हरु जनताको लागी भन्दा पनी नेताहरुको लागी थिए। नाम मात्र जनताको बेचेर
पुरानो राज्यसत्ता ध्वस्थ गर्न त सकिदो रहेछ तर नयाँ व्यवस्थामा आफन्त बाहेकका
हरुको लागी कागलाई बेल पाक्यो हर्ष र बिस्मात भनेजस्तै भयो। जनताको शासन हुन्थ्यो
भने २००७ साल देखी अहिले सम्म कति पुस्ताले कार्यकारीका रुपमा कुर्षी समाए, हिसाब
गर्दा प्रष्ट हुन्छ। कारण बस मेरिहाले मात्र गुनगान गाउने परम्परामा हुर्किएका
हामी नेपालीहरु जिउदो छँदा सम्म राम्रो मान्छ लाई काम त के दिनु राम्रो हो समेत
भन्न नसक्ने देशमा जन्म लिएपछि नक्कली हाँसो मा जिउनुको बिकल्प छैन, तर मैले
नक्कली हाँसो अपनाउन चाहिन।
अलि अलि निरास त म
पहिलेदेखी नै थिए तर जब बहुदल आयो तब म झन झन निरास हुदै गए। राजा हटाउदा निरासाले
गति लियो र आज सम्म आइपुग्दा निराशा चरम सिमामा पुगीसकेको छ , र म कसरी हास्न
सक्छु? यी दलहरुमा बिश्वास कसैको छैन तर पनी लोभ र लालचमा खुट्टा मल्ने काम
भइरहेको छ। १२/१३ बर्षकी बालीका बलत्कार हुन्छिन, मेरो देशका कथित नेताहरु कानमा
तेलहालेर बस्छन। रोजगारी खुल्छ , सालासाली र भाइ भतिजाहरु भर्ना गर्छन। अख्तियार, पुलिस र अदालत जस्तो संबेदनसिल ठाउमा
राजनितिक नियुक्ती हुन्छ र कु गर्न सजिलो बनाईन्छ। कसैले राम्रो कुरा गरे पनी उसका
बिरुद्ध मा जनमत खरिद गरेर गलत साबित गरिन्छ। भ्रष्ट्राचार , घुसखोरी, कालोबजारी
जस्ता कुराहरुलाई सरकारले नै संरक्षण गर्छ।
गलत लाई सहि र सहि लाई गलत भनि साबित गर्न लगाईन्छ। सहि गर्नहरु जेलमा
आत्महत्या गर्न लगाईन्छ भने गलत गर्नेहरु खुलेआम गलत गर्न पठाइन्छ। नुन तेलको जोहो
समेत गर्न धौ पर्नेहरु बाट कर असुली गरिन्छ भने अर्बौ लुट्नेहरुलाई झन अनुदान
दिईन्छ। पढेलेखेकाहरुलाई बिदेश पठाएर बाकी लाई देश चलाउन दिईन्छ। बृद्ध तथा
अपाङगता भएका व्यक्तिहरुलाई लाई अपमान बाहेक केहि मिल्दैन। देशको बजेट पार्टि र
कार्यकर्ता पाल्न पर्योग गरीन्छ। लुटेराहरुलाई नै मन्त्री र हाकिम बनाइन्छ।
आफन्तले गल्तिगरे सोझा साझाहरुलाई फसाएर जेल हालिन्छ। तर गलत गरी जेल गएकाहरुलाई
दुईचार दिनमै आम माफी दिईन्छ। जनताको करमा सिगौरी खेलिन्छ। यस्तै यस्तै धेरै छन
कारण हरु। र म कसरी हास्न सक्छु यो सिङ्गो देशवासी रोईरहेको बेला, मेरो पनी मुटु
टुक्रा टुक्रा हुन्छ तर के गरौ निराश हुन बिबस छु म बुढो । म हास्न नसक्नु को यो
भन्दा पनी ठुलो कारण चै यति हुदा पनी मैले मेरो ब्यक्तिगत रुपमा केहि गर्न सकिन
भनेर म निराश छु। सायद यो जुनी मा त मैले खुलेर हाँस्न सकिन । अर्को जन्ममा हाँस्न
मिल्लाकी भन्ने प्रतिक्षा भने गर्न छोडेको छैन।
जय देश।
हात हल्लाउदै
हिडिहाले मामा जी।
No words sir👌👌👌👌👌👌👌❤❤❤❤❤❤❤🖒🖒🖒🖒
ReplyDelete