Latest

सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand

Image
  सामाजिक सञ्जाल आजको दिनमा केवल मनोरञ्जन वा साथीभाइसँग कुराकानी गर्ने माध्यम मात्र होइन, जीवनको विभिन्न पक्षसँग प्रत्यक्ष जोडिएको प्रविधि हो। सूचना आदानप्रदान, व्यवसाय, शिक्षा, अनुसन्धान, राजनीति र शासन प्रक्रियामा समेत यसको भूमिका दिनप्रतिदिन बढ्दो छ। यस्तो अवस्थामा सामाजिक सञ्जाल पूर्ण रूपमा बन्द गर्ने निर्णयले नेपालको समग्र संरचनामा ठूलो असर पार्छ। नेपाल जस्तो विकासशील मुलुकमा रोजगारीका अवसर सीमित छन्। युवा पुस्ता रोजगारी खोज्दै विदेश पलायन भइरहेका छन्। त्यही अवस्थामा सामाजिक सञ्जालमार्फत धेरैले प्रत्यक्ष वा अप्रत्यक्ष आम्दानी गर्ने अवसर पाएका छन्। युट्युब, टिकटक, फेसबुक र इन्स्टाग्रामबाट कमाइ गर्ने युवाको संख्या कम छैन। यी अवसरहरू रोकिँदा बेरोजगारी अझै बढ्ने सम्भावना प्रबल हुन्छ। नेपालका टेलिकम कम्पनीहरूको प्रमुख आम्दानीको स्रोत मोबाइल डेटा हो। प्रयोगकर्ताले दैनिक जीवनमा इन्टरनेट चलाउँदा सबैभन्दा बढी डेटा सामाजिक सञ्जालमा खर्च गर्छन्। यदि सामाजिक सञ्जाल बन्द गरियो भने डेटा खपत घट्छ र यसले टेलिकम कम्पनीको आम्दानीमा प्रत्यक्ष असर पार्छ। यसको परिणामस्वरूप कम्पनीहरूको लगानी गर्ने ...

अपाङ्गता र सरलाको मुस्कान- गोरख चन्द

 


उनले मनको कुरा कहिल्यै खोलिनन, किनकी उनले संसारमा दुख पोखेर केवल दुःख साथ दिएजस्तो मात्र गर्ने र पछाडीबाट हाँसो र मजाकमा उडाउनेहरुलाई राम्ररी चिनेकी थिईन। अरु जस्तै सामान्य छु भन्ने कुराको उदाहरण बनेकी सरला आजभोली कहिले काँहि म संग चिया गफ संगै रमाईलो गर्छिन र कहिले काहि मनको कुरा पोख्‍न सम्म साथी बनेका छौ। उनी भन्छिन " सबैकुरा हामीमा निर्भर गर्छ , के ठिक के बेठीक भनेर !" उनी महिला म पुरुष तर उनले महिला भएकोमा कहिल्यै गुनासो गरिनन, तर म भने बेला बेला परिवार पाल्नु छ भनेर आफुलाई पृथ्वी नै धाने जसरी गुनासो पोख्थे तर उनी हासेर भन्थिन " तपाई केवल सुख खोज्नुहुन्छ !" तर मैले प्रतिप्रश्न गरेभने उनी मुस्स हासेर चुप लाग्थीन ।

एक दिन उनी आउदै गर्दा बैसाखी टुटे पछी मलाई कल गरेर भनिन, आज बेलुकी भेटम है । मैले स्विकार गरे । बेलुकी उनलाई भेट्दा उनले भनीन आज म अफिस जान सकेन त्यसैले मलाई कस्तो नराम्रो लागीरहेछ । भोली सर लाई के जवाफ दिने भनेर सोचिरहेछु । केहि उपाय बताउनु न । मैले जवाफ दिए " सिम्पल, वैशाखी टुट्यो" । तर उनले त्यो कुरा आफ्नो व्यक्तिगत समस्या भएकोले भन्न नसक्ने कुरा बताईन । बरु उनले आफु अफिस मा आउन नसक्नुको कारण आफ्नो लापरवाही भएको र क्षमा माग्ने प्रण गरिन। 

महिला भएर पनी कहिले पुरुषहरुको कटाक्ष नगर्ने , अनी कहिल्यै पनी आफु अपांगता भएको ब्यक्ति भएको मा गुनासो नगर्ने र अरु सरह नै काम गर्न सक्छु भन्ने उदाहरण बनेकी उनले मेरो मन मात्रै होइन समाजकै एक रोल मोडेल बनेकी थिईन। तर कहिले काहि ठट्टा गर्दै म भन्ने गर्थे " तिमी क्या सुन्दर ?, खुट्टा नभए के भो त मन सुन्दर भएपछि, काम सुन्दर भएपछि, जिवन सुन्दर भएपछि ।" उनले भन्थिन " मैले जिवन त भन्दिन तर काम चै सुन्दर गर्न सक्छु है त्यो पनी जानेको मात्र, तर फेरी ..... अरुको लागी होइन नी।"

यो पुरुषहरुको बोलाबाला रहेको समाजमा महिला भएर बाच्नु जती कठिन छ, त्यो भन्दा कठीन त महिला बोलाबाला भएको घरमा हुन्छ। तर उनी भन्थीन न यहाँ महिला न त पुरुषको बोलाबाला छ, केवल बोलाबाला छ त सोचको। जसको सोच जस्तो छ उस्तै भोग्छ। यसरी मनका अनेकौ पिडाहरु दबाएर उनी आफुलाई खुशी देखाउथीन। यो कुरा मैले तब मात्र थाहा पाए जब मैले मलाई नी तिमिजस्तै बन्न मन थियो भनेको थे।

उनले भनिन, म कुनै सफल व्यक्ति र सुखी व्यक्ति होइन। यो सवै मलाई यै समाजले बनाएको हो। जब म जन्मीए मेरो मेरो वुवा समेत म देखेर खुशि भएनन, जबकी सन्तान प्राप्ती एक बिरलै पाईने खुशिहरु मध्ये एक हो। ल त्यो छोडिदिउ, जब कि मेरो मामुले समेत मलाई यै पनी छोरी जन्मीई भनेर गुनासो गरेकी थिईन। जब म स्कुल जान्थे, सयौ विद्यार्थी भएर पनी एक्लै खेल्थे। अरु त के मेरा आदरणीय गुरु हरु समेत कहिलेकाहि मलाई पढाउनुमा झर्को मान्थे । कहिले त भन्थे तिमी धेरै पढेर के गर्छौ नानी बरु पसल खोलेर बस। तर मेरो आँखामा आँशु कहिल्यै आएनन। किनकी समाजलाई जित्न आँशु को जरुरत होईन हिम्मत र साहसको जरुरत थियो, जुन मैले जुटाउन अहिले सम्म प्रयासरत छू। उनले थपिन, यो समाज रुनेहरुको होइन हिम्मत र आँट भएकाहरुको हो , त्यसैले बाच्न पर्यत्न होइन, काम गरेर बान्नु पर्छ न की समाजले के भन्छ भनेर।

थप्छिन,समाज मिलेर राष्ट्र बन्छ तर समाज मा बिग्रेका हरु देश बनाउन भनेर फुर्ती लगाउछन। अनी सपना दिन्छन स्वीजर ल्याण्ड का। महिला नेताले चुनाव जितेपछि पुरुषहरुकै भीडमा हराउछन। अनी केहि नसकेपछी जातिय मुद्दा लिएर देशलाई बिखण्डन तिर धकेल्नेहरु आज शिक्षालाई नै धराशयी अवस्थामा पर्‍याएका छन। देशले प्रगती गरेको तब बुझ्न सकिन्छ जब त्यो देशका अपाङ्गता भएका ब्यक्ति, जेष्ठ नागरीक तथा महिला र बालबालीकाहरुले उचित सुबिधा पाएका हुन्छन। तर मेरो देश जहाँ चाकरी र चाप्लुसी गर्ने बाहेक कसैले राज्य को अनुभुती गर्न पाएको छैन। मैले सामान्य बालबालीका संगै शिक्षाको सुरुवात गरे तर कम्ती अपठ्यारो थिएन त्यो क्षण। तब पनी बिकल्प नभएपछी कसको के नै लाग्छ र । मलाई घर बाटै भन्थे यो लंगडीले गर्ने भई चम्तकार स्कुल गएर। तर मैले हिम्मत जुटाएरै , आँशु लुकाएरै यहाँ सम्म आए। जागीर खानुभन्दा पहिले एक जना नेताले भन्नुभयो नानी तिमीलाई यो पाली हामी हेर्छौ, तर आफ्नो सर्कलमा पार्टिको प्रचार गर्नुपर्‍यो। मैले त्यै बेला बुझेकी थिए यो देश नेताले भन्दा पनी नितिले नचल्दा सम्म कुनै परिवर्तन हुदैन। एक जन प्रतिनिधीले समेत भिजन र मिसन बिना पैसाको र गुण्डागर्दिको भरमा चुनाव जित्छ, अनि उसले के देशको भलो सोच्ला त? उसले समाजमा उत्पिडनमा परेकाहरुको भलो सोच्ला त? उसले अपाङ्गता भएकाहरुको लागी सोच्ला त ? उसले महिलाको उत्थानका लागी सोच्ला? या उसले राष्ट्र बिकासका लागी सोच्ला?

जब महिलाबाटै महिला पिडित छन, अपाङ्गता भएका व्यक्तिले नै एक अर्कोलाई हाँसोको पात्र बनाउछन त यी नैतिकता नभएका नेताहरु बाट के आश गर्नु। यहाँ वास्तवमा मारमा परेको को छ भन्नेकुराको आँकलन नै गर्न नसक्नेहरु निति निर्माता बनेको देख्दा हाँसो लागेर आउछ।

जसले जे भनेपनी यो देशमा सबैभन्दा मारमा परेका अपाङ्गता भएका व्यक्तिहरु हुन । जो सबैभन्दा पहिले घरपरिवार अनि समाज र देशले समेत कुनै किसिमको ठोस कदम चाल्न सकेको छैन। कागजमा कनिका छरेजस्तो गरी भुल्याउने र एन.जि.ओ. र आइ.एन.जि.ओ. हरुले पनी केहि गरेजस्तो मात्र गरेका हुन तर त्यसले कुनै किसिमको दिगो ब्यवस्था गर्न सकेको छैन। पार्टिले भोट बैङ्कका रुपमा मात्र प्रयोग गर्ने अपाङ्गता भएका व्यक्तिहरु नारकीया जिवन जिउन वाध्यछन।

नाममा मात्र सिमित व्यवस्थाहरु तथा कार्यान्वयन पक्ष फितलो भएकै कारण होटल, रेस्टुरा, अस्पताल, यातायात तथा अन्य स्थान हरुमा अपाङ्गता भएका व्यक्तिहरुले झेल्नुपरेका समस्याहरु नदेखेको सायद कमै होलान तर पनी यी ढुङगाका दिलहरुमा मानवता भन्ने चिजले स्थान बनाउन सकेको छैन।

एक गर्भवती महिलाको पिडा त अर्को महिलाले बुझ्न नसक्ने समाज मा अपाङगता भएकाहरुको पिडा बुझ्ने सायदै भेटिन्छन। शिक्षा, स्वास्थ्य , यातायात, सार्वजनिक स्थल तथा बाटोघाटोमा समेत अपाङगता भएका व्यक्तिहरुले झेल्नुपरेका समस्याहरुलाई न यो अन्धो सरकारले देख्छ न यी मानवता हराएका कथित मानवले। यहाँ कृतिम माया र प्रेम मात्र चर्चामा आउछ तर वास्तविक माया र प्रेम भन्ने चिज संसारबाटै हराईसकेको  छ भन्दा अतिसयुक्ति नहोला।

हरेक अभावै अभावको जिन्दगी जिउने हामी अपाङ्गता भएका व्यक्तिहरुलाई सरकार र संविधान हरुले पनी सहयोग गर्दैनन? कानुनी राज्य नामका मात्र हुन, बैङ्क जाँदा ५ तला चढेर जानुपर्छ, यात्रा गर्दा ढोकामा उभीनुपर्छ, कतै लाईन लाग्दा धक्का मुक्का खाएरै बाहिरिनु पर्छ तर कागजमा लेखिएको हुन्छ " महिला, जेष्ठ नागरीक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई ग्राह्यता"। यी शव्दले झनै उपहास गरेजस्तो लाग्छ आजभोली। जति ग्राह्यता राजनीतिक पार्टिको मान्छेलाई दिईन्छ त्यति ग्राह्यता त आजभोली आमावुवाले पाउन छोडे अरुको के कुरा ? यी राजनितिक परिवर्तनहरु केवल शोषक र सामन्त हरुका लागी हुन । भीजन र मिसन नभएकाहरु माथिल्लो तहमा पुगेपछि शिक्षामा पहिलो प्रहार गरे अनि देशका नागरीकहरु मारमा परे। सबैभन्दा बढी मारमा हामी अपाङ्गता भएका व्यक्ति किनकी हामीले कुनै न कुनै रुपमा अरुको सहयोग मा भर पर्नुपर्छ। यहाँ सरकारले नै सहयोग नगरेपछि अरु को के आस गर्नु ।

जय जिन्दगी!!!

र भनिन , अझै पनी मेरै जिवन राम्रो लाग्छ र? त्यतिबेला सम्म मेरो आँखाबाट आँशु आइसकेका थिए । आज पनि सोच्छु यति हुदापनी ओठमा मुस्कान हुने उनी कति संघर्षशिल है ...........

 

Comments

Post a Comment

Popular posts from this blog

सामाजिक सञ्जाल बन्द; नेपाललाई वढि असर - Gorakh Chand

समृद्धि को बाधक को ? - गोरख चन्द